काठमाडौँ, २४ बैशाख । देशभर आज (शुक्रबार)को मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने माहाशाखाले बताएको छ ।देशका केही स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरी र असिनासहित हल्का देखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।राति पहाडी भू–भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। यस्तै, थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।








प्रतिक्रिया दिनुहोस्