ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने


एबीसी / संवाददाता
बैशाख २२, २०७८ बुधबार  ८ : ०२ बजे

काठमाडौं, २२ बैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । आगामी २७ गते प्रतिनिधिसभामा आफुले विश्वासको मत लिन लागेको र त्यसमा सघाउन आग्रह गर्दे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई काग्रेसले विश्वासको मत दिन नसक्ने बताएको हो ।

सत्ताधारी दलको अहिलेसम्म देखिएको क्रियाकलाप र प्रधानमन्त्री ओलीले चालेको असंबैधानिक कदमले सरकार लोकतान्त्रिक मुल्य मान्यताप्रति प्रतिवद्ध नदेखिएको भन्दै यस्तो अवस्थामा कांग्रेसले सहयोग गर्न नसक्ने जानकारी गराएको नेता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

नेता महतका अनुसार, सभापति देउवासंगको भेटमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीका लागि दुवैले संगै लडेको स्मरण गर्दे त्यसको रक्षाका लागि आफुलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । जवाफमा आफुहरुले सरकारले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने व्यवहार नदेखाएको र अहिलेसम्मका गतिविधिका आधारमा समर्थन गर्ने अवस्था नरहेको बताएको नेता महतले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई लोकतान्त्रिक मुल्य र मान्यताका विषय भनाईमा मात्रै नभई व्यवहार देखाउन भनेको नेता महतले बताउनुभयो । हम्रो उद्देश्य नै उहाँ(केपी ओली)लाई असफल गराउने भनिसकेपछि समर्थन गर्न सक्ने अवस्था रहेको नेता महतले बताउनुभयो ।

उहाँले भन्नुभयो “लोकतान्त्रिक व्यवस्था कमजोर पार्ने काम भएसम्म व्यवहारिक रुपमा लोकतन्त्रका लागि हामी संगै लडेका हौ भन्ने प्रधानमन्त्रीको भनाई अनुसारका काम नभएकाले व्यवहारमा पनि ती कुरा आउनुपर्यो । विपक्षी पार्टी भएपनि लोकतान्त्रिक प्रक्रियालाई सहयोग गर्न हामी सधै तयार छौ तर ती कुरालाई व्यवहारमा पनि देखिनुपर्योे भन्ने कुारा हामीले स्पष्ट राख्यौ ।

लोकतन्त्रलाई मजबुत बनाउने कुराहरुलाई गम्भीरताका साथ हामीले उठायौ । विशेषगरि प्रधानमन्त्रीलाई विशेष अधिवेशनमा आफुहरुले सहयोग गर्न नसक्ने कुरा हामीले स्पष्ट भनेका छौ । हामी विपक्षी दलको हैसियतले सत्ता साझेदारी गर्न र विश्वासको मत दिने अवस्थामा छैनौ । तर लोकतान्त्रिक मुल्य मान्यता लाई सुदृढ गर्ने कुराको सवालमा व्यवहारमा देखिनुपर्यो ।

सत्ताधारी दलको अहिलेसम्म देखिएको क्रियाकलापको आधारमा अहिलेसम्म समर्थन गर्ने अवस्था छैन भनेर हामीले भन्यौ ।” भेटमा नेपाली कांग्रेसले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको, विरामीले उपचार नपाएको, अक्सिजनको अभाव, संकटमा विभिन्न किसिमका विचौलियाहरुको चलखेल लगायत कुराहरुलाई गम्भीरताका साथ लिएर प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीलाई सुझाएको नेता महतले बताउनुभयो ।
प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा सहितको टोली लिएर सभापति देउवालाई भेट्न उहाँकै निवास बुढानिलकण्ठ पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com