ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको कोरोना संक्रमणमा नयाँ रेकर्ड : एकैदिन ४ लाख १२ हजार भन्दा बढीलाई कोरोना संक्रमण, ३ हजार ९८२ जानको मृत्यु


एबीसी / संवाददाता
बैशाख २३, २०७८ बिहीबार  ६ : २४ बजे

काठमाडौँ, २३ बैशाख । भारतमा कोरोना संक्रमणले एकपछि अर्को रेकर्ड राखिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो एक दिनमा भारतमा ४ लाख १२ हजार ६ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन कुनै पनि देशमा ४ लाख १२ हजार भन्दा बढीलाई संक्रमण देखिएको यो पहिलो पटक हो ।यसैगरी पछिल्लो एक दिनमा ३ हजार ९ सय ८२ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने २ लाख ३० हजार १ सय ५१ पुगेको छ । भारतमा अहिलेसम्म २ करोड १० लाख ७० हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ७२ लाख ६९ हजार ६९ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख ७१ हजारभन्दा ६२५ रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा १९ लाख ६७ हजार २ सय ९९ नमुना परीक्षण भएको थियो ।
भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

२४ घण्टाभित्र यति धेरै सङ्क्रमितको मृत्यु भएको भारतमा पहिलो पटक हो । भारतमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । अहिलेसम्म दुई लाख ३० हजार एक सय ५१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । नेपालसँग खुला सीमा जोडिएको भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

सङ्क्रमण पुष्टि भएको सङ्ख्याका आधारमा कोरोनाबाट विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ४२ हजार तीन सय २२ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३३ लाख १७ हजार चार सय ३७ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ६० लाख १६ हजार नौ सय ८९ जना उपचारपछि निको भएका छन् ।

६७ लाख सात हजार तीन सय २४ जनाको उपचार जारी छ । उपचाररतमध्ये नौ हजार चार सय ११ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा अमेरिकामा सात सय १८ सङ्क्रमितको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख ९३ हजार एक सय २४ पुगेको छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा एकै दिन ७५ हजार छ सय ५२ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ४९ लाख ३६ हजार चार सय ६४ पुगेको छ । एक करोड ३५ लाख २९ हजार पाँच सय ७२ जना उपचारपछि निको भएका छन् ।

नौ लाख ९२ हजार दुई सय ४७ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टाभित्र ब्राजिलमा दुई हजार सात सय ९१ जनाको मृत्यु भयो । भारतपछि दैनिक मृत्यु हुने सङ्ख्या ब्राजिलमा धेरै छ । अहिलेसम्म कोरोनाका कारण चार लाख १४ हजार छ सय ४५ पुगेको छ ।

विश्वमा एकै दिन आठ लाख २५ हजार पाँच सय ९४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १५ करोड ५८ लाख चार हजार चार सय ८० पुगेको छ । सङ्क्रमितमध्ये १३ करोड ३९ लाख ४७ हजार आठ सय तीन जना उपचारपछि निको भएका छन् ।

एक करोड ८६ लाख एक हजार आठ सय ९३ जनाको उपचार जारी रहेकोमा एक लाख १० हजार तीन सय तीन जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टाभित्रमा विश्वभर १४ हजार ६२ सङ्क्रमितको मृत्यु भयो । हालसम्म ३२ लाख ५४ हजार सात सय ८४ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com