ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको कोरोना संक्रमणमा नयाँ रेकर्ड : एकैदिन ४ लाख १२ हजार भन्दा बढीलाई कोरोना संक्रमण, ३ हजार ९८२ जानको मृत्यु


एबीसी / संवाददाता

काठमाडौँ, २३ बैशाख । भारतमा कोरोना संक्रमणले एकपछि अर्को रेकर्ड राखिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो एक दिनमा भारतमा ४ लाख १२ हजार ६ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन कुनै पनि देशमा ४ लाख १२ हजार भन्दा बढीलाई संक्रमण देखिएको यो पहिलो पटक हो ।यसैगरी पछिल्लो एक दिनमा ३ हजार ९ सय ८२ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने २ लाख ३० हजार १ सय ५१ पुगेको छ । भारतमा अहिलेसम्म २ करोड १० लाख ७० हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ७२ लाख ६९ हजार ६९ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख ७१ हजारभन्दा ६२५ रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा १९ लाख ६७ हजार २ सय ९९ नमुना परीक्षण भएको थियो ।
भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

२४ घण्टाभित्र यति धेरै सङ्क्रमितको मृत्यु भएको भारतमा पहिलो पटक हो । भारतमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । अहिलेसम्म दुई लाख ३० हजार एक सय ५१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । नेपालसँग खुला सीमा जोडिएको भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

सङ्क्रमण पुष्टि भएको सङ्ख्याका आधारमा कोरोनाबाट विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ४२ हजार तीन सय २२ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३३ लाख १७ हजार चार सय ३७ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ६० लाख १६ हजार नौ सय ८९ जना उपचारपछि निको भएका छन् ।

६७ लाख सात हजार तीन सय २४ जनाको उपचार जारी छ । उपचाररतमध्ये नौ हजार चार सय ११ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा अमेरिकामा सात सय १८ सङ्क्रमितको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख ९३ हजार एक सय २४ पुगेको छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा एकै दिन ७५ हजार छ सय ५२ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ४९ लाख ३६ हजार चार सय ६४ पुगेको छ । एक करोड ३५ लाख २९ हजार पाँच सय ७२ जना उपचारपछि निको भएका छन् ।

नौ लाख ९२ हजार दुई सय ४७ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टाभित्र ब्राजिलमा दुई हजार सात सय ९१ जनाको मृत्यु भयो । भारतपछि दैनिक मृत्यु हुने सङ्ख्या ब्राजिलमा धेरै छ । अहिलेसम्म कोरोनाका कारण चार लाख १४ हजार छ सय ४५ पुगेको छ ।

विश्वमा एकै दिन आठ लाख २५ हजार पाँच सय ९४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १५ करोड ५८ लाख चार हजार चार सय ८० पुगेको छ । सङ्क्रमितमध्ये १३ करोड ३९ लाख ४७ हजार आठ सय तीन जना उपचारपछि निको भएका छन् ।

एक करोड ८६ लाख एक हजार आठ सय ९३ जनाको उपचार जारी रहेकोमा एक लाख १० हजार तीन सय तीन जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टाभित्रमा विश्वभर १४ हजार ६२ सङ्क्रमितको मृत्यु भयो । हालसम्म ३२ लाख ५४ हजार सात सय ८४ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com