काठमाडौं, २२ बैशाख। काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा चार हजार ८२५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । देशभरि आठ हजार ६०५ जना सङ्क्रमित पहिचान गरिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस सम्बन्धि दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा चार हजार ८२५ जना सङ्क्रमितको पुष्टि भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार भक्तपुरमा ४५८, ललितपुरमा ५१८ र काठमाडौंमा तीन हजार ८४९ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गर्नुभएको छ । प्रवक्ता गौतमले हाल ६०० जना सङ्क्रमित आईसीयूमा रहेकोमा १५६ जना भेन्टिलेटरमा रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्