काठमाडौं, २२ बैशाख ।पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एकै दिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार नेपालमा आज ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ हजार ८ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ५१८ जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरमा ४ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्