काठमाडौं, २२ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज थप एक अध्यादेश जारी गर्नु भएको छ । उहाँले आज रेल्वे अध्यादेश जारी गर्नु भएको हो ।नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषदसम्बन्धीलगायतका विभिन्न ७ वटा अध्यादेश जारी गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्