ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा बैशाख १ गतेदेखि २१ गतेसम्म दुई हजार बढि संक्रमित निको


एबीसी / संवाददाता

बाँके, २२ वैशाख ।  कोरोनाको दोस्रो लहर शुरु भएलगत्तै हटस्पट बनेको बाँकेमा बैशाख महिनाको हालसम्म मात्रै दुई हजार ३११ जना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार दोस्रो लहरमा संक्रमण पुष्टि भएका अधिकांशमा विभिन्न प्रकारका खतरनाक लक्षणहरु भएपनि बैशाख १ गतेदेखि २१ गतेसम्म २ हजार ३११ जनाले भाइरस संक्रमणलाई जितेर घर फर्किएका हुन् ।

अधिकांशमा विभिन्न लक्षण देखिएपनि १४ महिनाको दुधे बालकदेखि १११ बर्षकी बृद्धा समेत गरेर दुई हजार ३११ जना निको भै घर फर्किएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

उहाँले संक्रमित थपिने क्रम धेरै कम नभएपनि निको हुने क्रम भने उल्लेख्य भएकोले यसले सबैलाई उत्साहित बनाएको बताउनुभयो । १४ महिनाका बालकदेखि १११ वर्षका बृद्धा समेतले कोरोनालाई परास्त गर्न सफल भएकोले आत्मविश्वास र हिम्मतका साथ लड्ने हो भने यो भाइरसलाई जित्न सकिन्छ भन्ने पुष्टि गरेको फोकल पर्सन ओलीले बताउनुभयो । उता, चिकित्सकहरुले पनि समयमै स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्यबारे बढी ध्यान दिने हो भने सहज रुपमा भाइरस संक्रमणलाई पराजित गर्न सकिने जनाएका छन् ।

भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले ज्वरो आउने, टाउको दुख्नेलगायतका समस्या भए तत्काल पीसीआर परीक्षण गरेर रोग अनुसारको उपचार पाएकाहरुले सहज रुपमा भाइरसलाई पराजित गरेको बताउनुभयो ।
उहाँले संक्रमित पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुले पनि नियमित रुपमा अक्सोमिटरले अक्सिजन लेभल जाँच गर्ने, खानपिनमा केयर गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीको सुझावलाई फ्लो गर्नेहरुले भाइरसलाई जित्दै आएको बताउनुभयो । यसैविच बैशाख महिनाको २१ दिनमा मात्रै बाँके जिल्लामा संक्रमितको संख्या ६ हजार १४३ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अहिलेपनि जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार ६४६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com