ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा २४ घण्टाभित्र तीन लाख ८२ हजारभन्दा बढी संक्रमित थपिए , दाहसंस्कारस्थल पाउन पनि कठिन


एबीसी / संवाददाता
बैशाख २२, २०७८ बुधबार  ६ : १७ बजे

काठमाडौं, २२ बैशाख । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण कठिन बन्दै गइरहेको छ । अनियन्त्रित रुपमा कोरोना फैलिन थाले पनि नियन्त्रणका लागि गरिएका विभिन्न प्रयास विफल बनिरहेका छन् । भारत आफैले कोरोनाविरुद्धको खोप उत्पादन गरेर सर्वसाधारणलाई उपलब्ध गराइरहेको छ । कोरोनाको कठिन परिस्थिति उत्पन्न हुनुलाई यसअघि गरिएका विभिन्न चुनावी सभा एवं जमघट मुख्य कारण मानिएको छ ।

भारतमा दिन प्रतिदिन नयाँ सङ्क्रमित थपिने क्रम बढिरहेको छ । कोरोनाका कारण दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गइरहेको छ । अकल्पनीय हिसाबले सङ्क्रमित थपिँदा भारतमा उपचार गराउने स्वास्थ्य संस्थाको अभाव भइरहेको छ । मृतकको शव व्यवस्थापन गर्ने दाहसंस्कारस्थल पनि पाउन छाडिएको छ ।

कोरोना नियन्त्रण गर्न सफल हुन नसकेपछि भारत सरकारले सहयोग गर्न विश्व समुदायलाई आग्रह गरिरहेको छ । विश्वकै ध्यान केन्द्रित हुने गरी फैलिएको कोरोनाबाट सङ्क्रमित बनेकालाई अति नै आवश्यक पर्ने अक्सिजनको पनि भारतमा अभाव हुन थालेको छ ।भारतमा दैनिक विश्वका अन्य मुलुकमा भेटिने सङ्क्रमितभन्दा अत्याधिक धेरै नयाँ बिरामी थपिने गरेका छन् । मृतकको सङ्ख्या पनि अन्य मुलुकको भन्दा उच्च छ । विश्वमा दैनिक थपिने नयाँ सङ्क्रमितमध्ये आधाभन्दा धेरै भारतका हुने गरेका छन् । मृतकको सङ्ख्या पनि एक चौथाई रहने गरेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा एकै दिन तीन लाख ८२ हजार छ सय ९१ जना नयाँ बिरामी थपिका छन् । देशभर कुल संक्रमितको संख्या करोड छ लाख ५८ हजार दुई सय ३४ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ६९ लाख ३८ हजार चार सय जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

३४ लाख ९३ हजार छ सय ६५ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा भारतमा तीन हजार सात सय ८६ जना भारतीय नागरिकको कोरोनाका कारण मृत्यु भयो ।

भारतमा एकै दिन मृत्यु हुने सङ्क्रमितको सङ्ख्या अन्य मुलुकको भन्दा धेरै हो । भारतमा अहिलेसम्म कोरोनाका कारण दुई लाख २६ हजार एक सय ६९ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये अहिलेसम्म विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

सङ्क्रमित सङ्ख्याको आधारमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ३७ हजार नौ सय नौ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३२ लाख ७० हजार दुई सय १४ पुगेको छ । दुई करोड ५९ लाख ६१ हजार नौ सय ८० जना उपचारपछि निको भएका छन् ।

६७ लाख १५ हजार नौ सय २८ जनाको उपचार जारी रहेकोमा नौ हजार चार सय १६ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा अमेरिकामा सात सय ४८ सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोना सङ्क्रमित पाँच लाख ९२ हजार तीन सय छ जना अमेरिकी नागरिकको मृत्यु भइसकेको छ । अमेरिकामा केही हदसम्म कोरोना नियन्त्रण हुँदै गइरहेको छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र ६५ हजार चार सय ५४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ४८ लाख ५६ हजार आठ सय ८८ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ३३ लाख ३६ हजार चार सय ७६ जना उपचारपछि निको भएका छन् ।

११ लाख आठ हजार आठ सय २४ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । एकै दिन ब्राजिलमा दुई हजार सात सय ५९ जना सङ्क्रमितको मृत्यु भयो । ब्राजिल कोरोना सङ्क्रमितको दैनिक मृत्यु हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । ब्राजिलमा हालसम्म चार लाख ११ हजार पाँच सय ८८ सङ्क्रमितले मृत्युवरण गरिरहेका छन् ।

विश्वमा पछिल्लो २४ घण्टाभित्र सात लाख ५१ हजार आठ सय ४९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १५ करोड ४९ लाख ४४ हजार आठ सय १९ पुगेको छ । सङ्क्रमितमध्ये १३ करोड ३० लाख ४८ हजार ६८ जना उपचारपछि निको हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् ।

एक करोड ८६ लाख ५७ हजार ६० जनाको उपचार जारी रहेकोमा एक लाख ११ हजार १६ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन विश्वमा कोरोनाका कारण १२ हजार सात सय ३१ जनाको मृत्यु भयो । हालसम्म विश्वमा ३२ लाख ३९ हजार छ सय ९१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com