बैतडी, २१ बैशाख । बैतडीमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । से १ ज १८३ नम्बरको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेश्रमा दुर्घटनामा परेको हो । हिजो चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–०६ का वडा सदस्य गोबिन्द सिह भण्डारीको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो । गाडीमा १२ जना सवार रहेको अनुमान गरिएको छ। प्रहरी चौकि रोडिदेवलको टोली अहिले घटनास्थलमा पुग्दै छ ।
प्रतिक्रिया दिनुहोस्