ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक छ : वाणिज्य विभाग


एबीसी / संवाददाता
बैशाख २१, २०७८ मंगलबार  २ : ५१ बजे

काठमाडौं, २१ वैशाख । चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तिन महिनाको लागि स्टक रहेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताउनुभयो । उपभोग्य खाद्यबस्तुको आपुर्ति सहज रुपमा भइरहेको पौडेलले बताउनु भयो । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै महानिर्देशक पौडेलले बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उहाँले उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद संचय पनि आग्रह गर्नुभयो । खाद्यपद्धार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘चामल, दाल, नुन, तेल, चिनी लगायतका न्युनतम बस्तुको स्टक करिब ३ महिनालाई अझैपनि हामीलाई सप्लाइमा समस्या छैन । नआएपनि पुग्छ । खाद्य पद्धार्थको आपुर्ति सहज छ । उपभोक्ताले उपभोगको मात्रा बढाए, आवश्यकताभन्दा बढी खरिद गरिदिनु भो भने मुल्यवृद्धि गर्ने सम्भावना रहन्छ । आत्तिनुपर्ने अवस्था छैन ।’

दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मुल्यवृद्धि भएको खण्डमा मुल्यवृद्धि गराउने लाई कारबाही गरिने महानिर्देशक पौडेले बताउनुभयो । बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रुपमा अनुगमन गरिरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘विभागको अनुगमनको टिम बिहान, दिउँसो, बेलुकी निस्कन्छ । बजारमा बस्तुको उपलब्धता, वस्तुको वितरण र मूल्यवृद्धि लगायतका गुनासोलाई तत्काल सम्बोधन गर्ने गरेको छ ।’ उहाँले दैनिक उपभोग्य वस्तुको आयातमा कुनैपनि प्रकारको समस्या नभएको पनि बताउनुभयो । दैनिक उपभोग्य वस्तुहरु, मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘भन्सार नाकाका छेउमा आयात गरेर राखिएका गोदामहरु छन् । त्यो गोदामहरुबाट काठमाडौंसम्म ल्याउनको लागि दैनिक उपभोग्य वस्तुका साधनहरु, मास्क सेनिटाइजर जस्ता अहिले अत्यावश्यक भएका वस्तुहरु सँगसँगै उद्योगको कच्चा पद्धार्थका लागि आउने सवारी साधनलाई रोकिएको छैन ।’

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपुर्तिको समस्या नभएपनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक रुपमा मुल्यवृद्धि भइरहेको बताउनुभयो । विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘बजारमा दुई, तिन वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि छ । वृद्धि हुनुपर्ने कारण केहीपनि छैन । चिनीको मुल्यवृद्धि गरेर उपभोक्ता ठग्ने काम भएको छ । बजारमा कृतिम अभाव सिर्जना गर्नेहरुले आपुर्तिमा असहजता छ भनेर हल्ला फिजाएर आफ्नो अभिष्ट पुरा गर्न लागे । मास्क, सेनिटाइजरमा कालोबजारी छ । त्यो नियन्त्रण सँगसँगै दैनिक उपभोग्य वस्तुको अनुगमनमा जानुपर्छ । उपभोक्ता आतंकित छन् । आतंकबाट रोक्नुपर्छ ।’ यस्तो परिस्थितिमा बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित काराकारसम्मको कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com