काठमाडौं, २१ वैशाख । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइसोलेशनबाट उहाँले आफुलाई कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिनुभयो । संक्रमित बनेपछि उहाँले मंगलबार (आज) दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा समेत सहभागी हुने नसक्ने जानकारी गराउनु भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्