ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचन भन्नुहुन्छ – अधिकारविहीन खुला जेलबाट मुक्त भएँ


एबीसी / संवाददाता
बैशाख २१, २०७८ मंगलबार  १० : ४१ बजे

पोखरा, २१ वैशाख– सोमबार मात्र गण्डकी प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचनले आफू अधिकारविहीन खुला जेलबाट मुक्त भएका प्रतिक्रिया दिनुभएको छ । मगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै शेरचनले राष्ट्रपतिले प्रदेश प्रमुखबाट हटाउने निर्णय गरेकामा खुसी लागेको बताउनुभयो । ‘अधिकारविहीन खुला जेलबाट बाहिर आउन पाउँदा अत्यन्त खुसी छु’, शेरचनले भन्नुभयो, ‘राष्ट्रपतिज्यूलाई मुरीमुरी धन्यवाद छ ।’ आफूले पहिल्यै उक्त पद अस्वीकार गरेको पनि दाबी समेत गर्नुभयो । सुरुमा ओलीले र पछि प्रचण्डले आफूलाई प्रदेश प्रमुख प्रस्ताव गरेको र अस्वीकार गरेको उहाँको भनाइ थियो । तर, तत्कालीन नेकपाले पार्टी निर्णय गरेपछि पार्टीको इमान्दार सिपाहीका रुपमा आफूले जिम्मेवारी ग्रहण गरेको शेरचनले बताउनुभयो । शेरचनले आफूले सञ्चार माध्यममार्फत पदमुक्त भएको जानकारी पाएको बताउनुभयो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सोमबार शेरचनलाई पदमुक्त गर्दै एमाले ओली समूहकी नेतृ सीता पौडेललाई गण्डकी प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com