काठमाडौं, २० बैशााख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) पनि मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । हिजो आइतबार मात्रै मन्त्रिपरिषद बैठक बसेको थियो । भोलिपल्टै प्रधानमन्त्रीले पुनः अर्को बैठक बोलाउनुभएको एक मन्त्रीले जानकारी दिनुभयो । मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे मन्त्रीहरुलाई पूर्व जानकारी गराइएको छैन । मन्त्रिपरिषद बैठक आज ४ बजे बालुवाटारमा बस्न लागेको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्ने, आन्तरिक हवाई उडान बन्द गर्ने र राष्ट्रिय जनगणना स्थगित गर्ने लगायतका निर्णयहरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्