काठमाडौं, २० बैशााख । काठमाडौं उपत्यकामा निषेधज्ञाको उच्च प्रभाव देखिएको छ । कोरोना संक्रमणको फैलावटलाई रोक्ने उद्देश्यले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा आज विहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।
निषेधाज्ञा पालना गराउन काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरु पनि खटिएका छन् । संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । निषेधाज्ञाले सडक बजार सुनसान छन् । सुनसान सडकको छेउमा फूलिरहेका यी फुलहरुले उपत्यकाका सडकलाई निकै आर्कषक बनाएको छ । तस्विरमा हेर्नूहोस् :
तस्वीरः रासस
प्रतिक्रिया दिनुहोस्