काठमाडौं, १९ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार उहाँले आफू र आफ्नी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको छ । आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ। हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य छ र हामी निवासमा नै आराम गरिरहेका छौँ, उहाँले लेख्नुभएको छ ।त्यस्तै आफूहरूको सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन भन्नुभएको छ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ, उहाँले लेख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्