काठमाडौं, १९ बैशाख । नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको छ । एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठकमा भएको छलफल तथा निर्णय बाहिर आइसकेको छैन । बैठक सकिएलगत्तै प्रधानमन्त्री शीतल निवास पुगेको स्रोतले बताएको छ ।








प्रतिक्रिया दिनुहोस्