काठमाडौँ, १९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्न लागेको बैठकमा सहभागी हुन नेताहरू बालुवाटार पुग्न थालेका छन् ।अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच छलफलपछि आकस्मिक बैठक बोलाइएको स्रोतले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्