काठमाडौं, १८ बैशाख । नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमण दर दिनदिनै बढीरहेको छ । सरकारले कोरोना संक्रण नियन्त्रण तगा रोकथामका लागि काठमाडौं उपत्यकाका तीन वटा जिल्लासहित देशभरका २५ जिल्लामा निषेधाज्ञा लगाएको छ । विहिबारदेखि शुरु भएको निषेधाज्ञामा सरकारले झन कडा बनाउदै लगेको छ । उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली जानकारी दिनुभयो । पराजुलीका अनुसार ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर यसबारे थप निर्णय गरिनेछ । शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्कनुभएका प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको बताउनुभएको थियो । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीको भनाई छ । ‘आज शनिवार सडकमा गाडी कम छन्, बैंक तथा वित्तीय संस्था सञ्चालन हुँदा सडकमा सवारी चाप बढेको पाइएको छ । भोलिदेखि थप कडा गर्ने विचार गरेका छौँ । सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउन लागिरहेका छौँ’ उहाँले भन्नुभयो । उहाँले शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडेका भए त्यसलाई होल्ड गरिने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्