ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोना कहर : एकैदिन ४ लाख २ हजार बढी संक्रमित थपिए, दिल्लीमा राष्ट्रपति शासन लागू गर्नुपर्ने माग


एबीसी / संवाददाता
बैशाख १८, २०७८ शनिबार  ६ : ०१ बजे

काठमाडौँ, १८  बैशाख । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ११ हजार ८३५ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।यसअघि हिजो ३ लाख ८६ हजार ३२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९१ लाख ५७ हजार ५४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५६ लाख ७३ हजार ३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ छ । यसैबीच मृतकको संख्या बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसैवीच जपा सांसद राकेश सिन्हाले अरविन्द केजरीवाल सरकारले जनतालाई असुरक्षित छोडेको आरोप लगाउँदै दिल्लीमा राष्ट्रपति शासन लागू गर्नुपर्ने बताएका छन्। राज्यसभाका सदस्य तथा भाजपा नेता सिन्हले एक ट्विटरमा लेखेको सन्देशमा भनिएको छ, “दिल्ली गम्भीर सङ्कटमा छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको राज्य सरकारले मानिसहरूलाई अनिश्चित र असुरक्षित अवस्थामा छोडेको छ। परिस्थिति बिग्रँदै गइरहेको छ। राजधानीको अवस्थाले सम्पूर्ण विश्वलाई भारतबारे गलत सन्देश पठाउँदछ त्यसैले केन्द्रले राष्ट्रपति शासनमार्फत दिल्लीलाई प्रत्यक्ष हेर्नुपर्छ।

आम आदमी पार्टी आप का नेता तथा मुख्यमन्त्री केजरीवालले दुई दिन पहिले दिल्लीमा देखिएको स्वास्थ्य सङ्कटलाई कम गर्न चाहिने अक्सिजनको अभावलाई विदेशबाट अक्सिजन मगाएर ल्याइन लागेको बताएका थिए। आप पार्टीकै एक विधायक शोएब इकबालले पनि शुक्रवार कोभिड–१९ सङ्क्रमणका कारण दिल्लीका जनतामा बढेको असुरक्षालाई मध्यनजर राख्दै दिल्लीमा राष्ट्रपति शासन लागू गर्नुपर्ने अवस्था आएको उल्लेख गरेका थिए।

काँग्रेस छोडेर गत वर्ष दिल्ली विधान सभा चुनावमा आपको टिकटमा लडेका मटिया महलका विधायकले न त आफू न सरकार कसैले पनि कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न नसकेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com