काठमाडौँ, १७ वैशाख । भारतसँग जोडिएका सबै नाका सिल हुने भएको छ । भारतसँग जोडिएको नाकाबाट धामाधम कोरोना संक्रमित भित्रिन थालेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले यस्तो निर्णयका लागि मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले मन्त्रिपरिषद् समक्ष भारतसँग जोडिएका सबै नाका सिल गर्न सिफारिस गरेको हो ।
भारतसँग जोडिएका मुख्य नाका हाल २२ वटा रहेका छन । ती नकाबाट मानिसहरूको ओहोरदोहर हुँदा कोरोना थप फैलिएको सीसीएमसीको निष्कर्ष रहेको छ । बैठकले बैंक तथा वित्तिय संस्थाहरुल एक चौंथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार निर्माण कार्यमा पनि सम्न्धित स्थानमै बस्ने व्यवस्था मिलाउने गरीमात्र काम गर्न दिने निर्णय भएको छ । कामदारहरुलाई निर्माणस्थल बाहिर निकाल्दा जोखिम थप बढ्ने सीसीएमसीको निष्कर्ण रहेको छ । बैठकले देशका महत्वपूर्ण सहरहरूमा लकडाउन गर्नुपर्ने प्रस्ताव पनि गरेको छ ।








प्रतिक्रिया दिनुहोस्