ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यागमन विभागको निर्णयले विदेशी लगानीकर्ताको उद्योग संकटमा


एबीसी / संवाददाता

काठमाडौं । सरकारले वैदेशिक लगानी चाहियो भनेर बारम्बार भनिरहेको छ, सरकारले यस सम्बन्धी सभा सम्मेलन गरिरहन्छ । वैदेशिक लगानी भित्र्याउन राज्यले विभिन्न ऐन कानुनहरु बनाईसकेको र त्यस कानुनको आधारमा सहजीकरण गर्ने प्रतिबद्धता जनाईरहेको छ । तर सरकारको एउटा निकाय अध्यागमन विभागले गरेको एक निर्णयले प्रत्यक्ष वैदेशिक लगानीमा देशभित्रै चलिरहेको एउटा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ ।

विभागले भिसाको विषयलाई लिएर गरेको निर्णयका कारण चिनियाँ नागरिक चाङ सिङ्चोङले नवलपरासी (सुस्ता पश्चिम) जिल्लाको बर्दघाटमा ५ वर्षदेखि चलाईरहेको गणपति ईट्टा उद्योग बन्द हुने स्थितिमा पुगेको हो । यदि उक्त उद्योग बन्द भए ४०–५० जना कामदारहरुको रोजगारी साथै उद्योगको लगानी तथा प्रविधि गुम्ने उद्योग व्यवस्थापनले जनाएको छ ।

गत वर्ष कोभिड (कोरोना) का कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको समयमा अध्यागमन विभागले उद्योगको मुख्य लगानीकर्ता चाङ र उनकी श्रीमती वाङ साईसियुको भिसाको अवधि सन् २०२० जुलाई ९ तारिखसम्म मात्र दिएको थियो । नेपालमा ओभर स्टे (लामो समय) बसेको भन्दै लकडाउनकै समयमा विभागले नेपाल छाडेर चीन फर्किनु पर्ने र एक वर्ष नेपाल आउन नपाउने भनेर निर्णय गरेको थियो । विभागको उक्त निर्णयले वैदेशिक लगानीमा सञ्चालित गणपति ईट्टा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ । यसअघिका महानिर्देशक रमेश कुमार के.सीले नै उनीहरुलाई चीन फर्काउन निर्णय गरेका थिए ।

‘यदि लगानीकर्ता चाङ र उनकी श्रीमती चीन फर्किनु प-यो भने यहाँ चलिरहेको उद्योग बन्द गरेर हिंड्नुपर्ने अवस्था आउन सक्छ ।’ उद्योगका व्यवस्थापक सुनिल मगर भन्छन्, ‘हामीले अध्यागमन विभागले गरेको उक्त निर्णय पुनर्विचार गरियोस् भनेर उद्योग विभाग(एकल विन्दु सेवा केन्द्र), गृह मन्त्रालयमा अनुरोध गरेर पत्र पठाएका छौं । दुवै जनाको पासपोर्ट अध्यागमन विभागले नियन्त्रणमा राखेको छ । हामीलाई दिएको छैन ।’

‘अहिले सरुवा भएर आएका महानिर्देशक नारायण प्रसाद भट्टराईलाई समेत यो विषयमा पुनर्विचार गरिदिन उद्योग व्यवस्थापनले आग्रह गरेको छ तर सुनुवाई हुन सकेको छैन, उनले भने, ‘यहाँ यस्ता धेरै चाईनिजहरु ओभर स्टे भएर बसिरहेका छन् । हामीले सुने अनुसार विभागमा सेटिङ गरेर पैसा खुवाउन सक्यो भने भिसा अपडेट हुन्छ रे तर हाम्रा लगानीकर्ताहरुले राज्यलाई कर तिरेर उद्योग व्यवसाय गरेर बसिरहँदा उल्टै समस्या माथि समस्या भोग्नु परिरहेको छ ।’

‘भिसा सम्बन्धी समस्या नेपाली व्यावसायिक साझेदारका कारण उत्पन्न भएको हो ।’ उद्योगका व्यवस्थापक मगरले भने, ‘हामीले नचाहँदा नचाहँदै पटक पटक लाखौं रुपैयाँ जरिवाना तिरेर अध्यागमन विभागमा भिसा अपडेट गरि राख्यौं । नेपाली साझेदारले कम्पनी अद्यावधिक नगरिदिएको र कर सम्बन्धी विवाद उठेका कारण आज यो स्थिति आएको हो ।’
‘नेपाली साझेदारका कारण कम्पनीको विषयमा विवाद हुँदै आईरहेकोले भिसा लगाउन समेत समस्या भएको अवस्थामा ओभर स्टे बस्नुपर्ने, जरिवाना तिर्दै निश्चित अवधिका लागि टुरिष्ट भिसा लिनुपर्ने र यस बीचमा कोभिड–१९ का कारणले समेत भिसाको म्याद बढाउन नसकिएको लगायतका समस्याले जरिवाना बिलम्ब शुल्क तिरी भिसा अपडेट गराई राखेको मगरले बताउनुभयो ।

नेपाली साझेदार व्यक्ति सन्दिप अधिकारीसँग साझेदारीमा मिलेर चाङले उक्त ईट्टा उद्योग चलाएका हुन् । सुरुका दिनहरुमा राम्रैसँग सञ्चालन हुँदै आएको यस ईट्टा उद्योग मिति २०७५ सालबाट नेपाली साझेदारसँग विवाद भई उद्योगको हिसाब किताब बिग्रँदै गईरहेको, नेपाली साझेदारले डकुमेन्ट तथा कागजपत्रमा हस्ताक्षर नगरिदिनाले अडिट रिपोर्ट लगायत कर सम्बन्धी विवाद भएको जस्ता समस्याका कारण कम्पनीको अपडेट हुन नपाएकोले व्यावसायिक (बिजनेश) भिसाको समस्या आएको व्यवस्थापनले जनाएको छ ।

चाङ सिङ्चोङले चीनमा रहेको आफ्नो कम्पनी रोङचङ सिटी हङ युन डेकोरेशन ईन्जिनियरिङ लिमिटेडबाट नेपालमा वैदेशिक लगानी ल्याएका थिए । उक्त कम्पनीले नेपालमा चालु रहेको गणपति ईट्टा उद्योगमा मिति २०७३-१-१५ मा विदेशी लगानी स्वीकृति गराई नेपाली साझेदार सन्दिप अधिकारीसँग मिलेर उद्योग चलाईरहेको छ ।

यसअघि चिनियाँ लगानीकर्ता र अधिकारीबीच कम्पनीको विषयमा विवाद भएर अद्यावधिक हुन नसकिरहेको उक्त उद्योगको सबै हिसाब किताब तथा कर फर फारक भई नेपाली पक्षमा शेयर समेत मुख्य लगानीकर्ता चाङले खरिद गरी आफ्नो नाममा पूर्ण स्वामित्वको उद्योग बनाईसकेका छन् । वैदेशिक लगानीको उक्त उद्योग हाल कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगत अद्यावधिक भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com