ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेरी अस्पतालका कार्यरत ७५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


एबीसी / संवाददाता

बाँके, १५ बैशाख । पछिल्लो समय कोरोनाको हटस्पट बनेको बाँके जिल्लाको भेरी अस्पतालमा कार्यरत ७० बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यकर्मीनै संक्रमितभएपछि अस्पतालको दैनीक सेवामा गम्भिर असर परेको छ । अस्पतालसँग नियमित काममा रहेका ४०० कर्मचारी मध्य बिहिबार सम्म ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको हो ।

जनशक्तिको अभावका कारण कोरोना संक्रमण पुष्टि भएर पनि गम्भिर अवस्था नभएका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएर काममा लगाईएको छ । लक्षण देखिएका कर्मचारीहरु आधाआधी होम आइसोलेसन र अस्पतालमा क्वाटर लिएका स्वास्थ्यकर्मीहरु कोठामा नै आइसोलेट भएका छन् । अस्पतालको जुनियर लेवलका कर्मचारीहरुलाई भने अस्पतालमा भर्ना गरेर उपचार गराईएको अस्पताल प्रशासनले जनाएको छ ।अस्पतालका अनुसार नर्सिङ तर्फ ३२ जना, मेडिकल अफिर ८ जना, कार्यालय सहयोगीहरु १६जना, एचए, अहेव ८ जना, एक्सरे १ जना, मेडिकल रेकर्डर १ जना तथा अन्य ९ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएको हो ।अस्पतालमा जनशक्तिको अभाव भएको भन्दै जनशक्ति माग गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी स्विकृत दिइसकेको छ । अस्पताल प्रशासनले ७० बढी जनशक्तिको आवश्यकताका लागि बिज्ञापन समेत खोलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com