ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहत कार्यक्रम निरन्तरः गभर्नर अधिकारी


एबीसी / संवाददाता

काठमाडौैं, १४ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण प्रभावित अर्थतन्त्रलाई लयमा नै राख्न यसअघि घोषणा गरिएको राहत कार्यक्रम निरन्तर नै रहने बताउनुभएको छ ।

केन्द्रीय बैंक ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा आज श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर न्यूनीकरण गरी अर्थतन्त्र पुनःरुत्थान गर्ने आफूहरु प्रयास निरन्तर नै रहने बताउनुभयो । पछिल्लो एक वर्षमा मूल्य, वित्तीय र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै कोभिड–१९ को नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न, आर्थिक पुनःरुत्थान गर्न र विषय परिस्थितिमा पनि बैंकिङ सेवा सुचारु राख्न सम्पादन भएका कामका साथै समष्टिगत आर्थिक अवस्था सकारात्मक रहेको उहाँको छ ।

“कोभिड–१९ ले सिर्जना गरेको असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैर–परम्परागत, लचिलो एवं सहजीकरणसहितका नीतिगत व्यवस्थालाई आर्थिक तथा वित्तीय स्थायित्व र मौदिैक उद्देश्यमाथि थप जोखिम सिर्जना नहुने गरी निरन्तरता प्रदान गरिने छ”, गभर्नर अधिकारीले भन्नुभयो ।

चालू आवको मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भइरहेको उहाँको भनाइ छ । उहाँले साना तथा मझौला उद्यम, कृषि, ऊर्जा, पर्यटनलगायत उत्पादनशील क्षेत्रतर्फ निर्देशित गरी आर्थिक पुनःरुत्थानका लागि सहयोग जारी रहने बताउनुभयो ।

त्यस्तै, वित्तीय उपकरण एवं पूर्वाधारको समयसापेक्ष विकास गर्ने, विद्युतीय भुक्तानी माध्यममार्फत कारोवारको प्रवद्र्घन गर्ने र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण गर्नेतर्फ प्रतिबद्ध रहेको उहाँको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com