ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा भयावह बन्दै कोरोना : पछिल्लो २४ घण्टाभित्र तीन लाख ५४ हजार पाँच सय ३१ जना नयाँ सङ्क्रमित,२८०६ को मृत्यु


एबीसी / संवाददाता

काठमाडौं, १३ बैशाख । छिमेकी मुलुक भारतमा केही दिनयता दैनिक साढे तीन लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिने गरेका छन् ।

भारतमा २४ घण्टाभित्र सङ्क्रमण पुष्टि हुने सङ्ख्या अन्य मुलुकको भन्दा अत्याधिक हो । दैनिक ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या पनि धेरै छ । भारतमा कोरोना सङ्क्रमणको अवस्था भयावह बन्दा खुला सीमा रहेको नेपाल सबैभन्दा बढी उच्च जोखिममा परेको छ । जथाभावी अवैध रुपमा हुने निर्वाध आवतजावतका कारण नेपाल कोरोनाको उच्च जोखिममा रहेको हो । कोरोना सङ्क्रमण दिन प्रतिदिन बढ्दो अवस्थामा रहँदा भारतमा कामका लागि पुगेका नेपालीहरु धमाधम आफ्नो मुलुक फर्कन थालेका छन् । बिना चेकजाँच अवैध बाटोको प्रयोग गर्दै निर्वाध रुपमा भइरहेको आवतजावत रोक्न स्थानीय प्रशासनले सकिरहेको छैन । तोकिएकै नाकाबाट नेपाल फर्कनेहरुमा पनि धमाधम कोरोना पुष्टि भइरहेको छ ।

नाकाबाट फर्कने क्रममा कोरोना पुष्टि हुँदा त्यही अनुसारको सावधानी अपनाउने गरिएको छ । तर अवैध बाटो हुँदै भइरहेको आवतजावतका कारण समस्या जटिल बन्ने अवस्था छ । नेपालमा पछिल्लो केही दिनयता दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढिरहेको छ । यसको मुख्य कारण तीव्र रुपमा कोरोना फैलिइरहेको भारतसँगको खुला सीमा र त्यहाँबाट हुने निर्वाध आवागमन रहेको बताइएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ५४ हजार पाँच सय ३१ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ७३ लाख छ हजार तीन सय पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ४२ लाख ९६ हजार छ सय ४० जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

२८ लाख १४ हजार पाँच सय ४४ सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारतमा दैनिक मृत्यु हुनेको कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको छ । एकै दिन दुई हजार आठ सय छ जनाले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ९५ हजार एक सय १६ पुगेको छ ।

दैनिक कोरोना सङ्क्रमित र कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्यामा बृद्धि भइरहँदा भारतमा महासङ्कट निम्तिन थालेको छ । सङ्क्रमितले सहज रुपमा उपचार पाउन सकिरहेका छैनन् । अस्पतालहरुमा सङ्क्रमितले सहज रुपमा उपचार पाउन सक्ने अवस्था छैन । मृत्यु भएकाहरुको दाहसंस्कारका लागि दाहसंस्कार स्थलको पनि अभाव हुन थालेको छ ।

विशेष गरेर भारतमा अक्सिजनको पनि अभाव हुन थालेको छ । कोरोना सङ्क्रमितको उपचार भइरहेको स्वास्थ्य संस्थामा अक्सिजन पाउन छाडिएको छ । बिना अक्सिजन सङ्क्रमितको उपचार सम्भव नभइरहेका बेला कोरोना सङ्क्रमित दैनिक बढ्दो अवस्थामा रहेको भारत यतिबेला ठूलो सङ्कट झेलिरहेको छ । सङ्ख्यात्मक हिसाबमा हालसम्म भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा भने सङ्क्रमण केही हदसम्म मत्थर भएको छ । पछिल्लो २४ घण्टामा ३४ हजार दुई सय ८८ जना मात्रै नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड २८ लाख २३ हजार नौ सय ४१ पुगेको छ । दुई करोड ५३ लाख ७८ हजार नौ सय ८६ जना उपचारपछि निको भएका छन् ।

६८ लाख ५८ हजार आठ सय सात जनाको उपचार जारी रहेकोमा नौ हजार नौ सय ३८ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा दुई सय ६९ जनाले ज्यान गुमाएसँगै अमेरिकामा हालसम्म मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या पाँच लाख ८६ हजार एक सय ४८ पुगेको छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्कै तेस्रो नम्बरमा रहेको ब्राजिलमा पनि केही दिनयता सङ्क्रमण कम हुँदै गइरहेको छ । दैनिक भेटिन सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा रहेको हो । केही दिनअघिसम्म ब्राजिलमा दैनिक सङ्क्रमण बढ्दो अवस्थामा थियो । पछिल्लो २४ घण्टाभित्र ३२ हजार पाँच सय ७१ जनामा सङ्क्रमण पुष्टि भयो ।

सङ्क्रमित सङ्ख्या एक करोड ४३ लाख ४० हजार सात सय ८७ पुगेको छ । एक करोड २८ लाख नौ हजार एक सय ६९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ११ लाख ४० हजार आठ सय २१ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन एक हजार एक सय ८८ जनाले ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या ब्राजिलमा तीन लाख ९० हजार सात सय ९७ पुगेको छ ।

विश्वमा एकै दिन सात लाख १० हजार नौ सय ४२ जनामा सङ्क्रमण पुष्टि भयो । सङ्क्रमित सङ्ख्या १४ करोड ७७ लाख ६३ हजार सात सय ३० पुगेको छ । सङ्क्रमितमध्ये १२ करोड ५७ लाख १४ हजार २९ जना उपचारपछि निको भएका छन् ।

एक करोड ८९ लाख २७ हजार नौ सय ३२ जना उपचाररत रहेकोमा एक लाख १० हजार चार सय ९४ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टाभित्र विश्वमा नौ हजार दुई सय ७० जनाको ज्यान गयो । हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या ३१ लाख २१ हजार सात सय ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com