ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्काल सीमा नाका बन्द गर, आइसोलेशन केन्द्र बनाऊ


एबीसी / संवाददाता

कोरोना महामारीको दोस्रो लहरबाट छिमेकी देश भारत नियन्त्रण बाहिर गएको छ । पछिल्लो एक सातामा दिनहुं दुई हजारभन्दा बढी मानिसहरु कोरोना संक्रमणबाट मरेका छन् भने तीन हरेक दिन तीन लाख भन्दा बढी नयां संक्रमण भएका तथ्यांक बाहिर आएको छ । परीक्षणको दायरामा नपरेका र मृत्युको दर्ता नभएकाहरुको कुनै हिसससाब किताव नै छैन । विश्वकै कोरोना हटस्पट’ बनेको भारतबाट स्थलमार्ग हुँदै सर्वसाधारण निर्बाध रूपमा नेपाल प्रवेश गरिरहेका छन् । तर नेपाल सहाम्रो सरकार भने केही नभएजसरी बसिरहेको छ ।

गत वर्ष नेपालमा कोरोना संक्रमित दुई जना हुँदा २०७६ चैत १० गतेबाट भारत र चीनतर्फका सबै अन्तर्राष्ट्रिय सीमा बन्द गरी आवागमन निषेध गरिएको थियो  । अहिले भने दोस्रो लहरको संक्रमण तीव्र बेगमा फैलिइरहे पनि न सीमा बन्द गरिएको छ, न आवागमन गर्नेको स्वास्थ्य परीक्षण नै व्यवस्थित छ ।केवल झारा टार्ने भन्दा बढी केही भएको छैन ।

२०७८ वैशाख १ देखि १० गतेसम्म भारतबाट नेपाल छिरेका ६ सय ७० जनामा संक्रमण देखिएको छ । नेपाल प्रवेश गरेका हजारौंको परीक्षण नै भएको छैन । गत दश दिनमा भारतबाट करिब १ लाख जना भन्दा बढी नेपाल प्रवेश गरेकामा ५ हजार ९ सय ७१ को एन्टिजेन र पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले सरकारलाई नै गिज्याएको छ । ती परीक्षणमध्ये करिब १२ प्रतिशतमा संक्रमण देखिएको दृष्टान्तमा समुदायमा कोरोना संक्रमणको भयावह अवस्था आंकलन गर्न गाह्रो पर्दैन । यही स्थिति अरु केही दिन कायम रहेमा भारतको भन्दा निकै कमजोर अवस्थामा नेपालको हालत पुग्ने निश्चित छ ।

तर्थ विना हिच्किचाहट तत्काल सिमा नाका बन्द गरिनु पर्दछ। भारतमा रहेका नेपालीहरु नेपाल आउन चाहनेहरुलाई व्यवस्थित रुपमा परीक्षण गर्ने र होल्डिगं कन्द्र तथा आइशोलेशन केन्द्रमा राख्ने व्यदस्था मिलाउनु पर्दछ । त्यससका लागि सम्वन्धित प्रदेश सरकार र स्थानीय तहको बीचका राम्रो समन्वय र संघीय सरकाको सुक्ष्मा अनुगमन, निगरानी र सबै प्रकारको सहयोग गरिनु पर्दछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ साताअघि नै उपत्यका र तराई–मधेसका गरी १४ जिल्लालाई संक्रमणको उच्च जोखिममा राखे पनि सोही अनुसारको सवधानी तयार नियन्त्रणको कुनै तयारी नगर्नु दुर्भाग्यपूर्ण छ ।
सीमा नाका बन्दी गरी गृह मन्त्रालयले जिल्ला प्रशासन, प्रहरी र सशस्त्रलाई स्थानीय निकायको समन्वयमा कडाईका साथ परिचालन गर्नु पर्दछ ।

सीमा नाका बन्दमा आवागमनमा गरिनु पर्दछ । खाद्यान्न तथा ढुवान र व्यापार तथा बाणिज्यका यातायातमा भने कुनै पनि प्रकारको अवरोध गरिनु हुंदैन ।

पछिल्ला दिनहरुमा दैनिकजसो ३ हजार नयाँ संक्रमित थपिन थालेका छन् । मृत्यु दर बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । हालसम्म कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । मृत्यु हुनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ । अझै पनि सक्रिय संक्रमित १६ हजार ८ सय २८ छन् । ३ हजार संक्रमित थपिँदा निको हुने संख्या ३ सय ६८ मात्रै छ ।यसले संक्रमित र निको हुनेको बीचको निकै ठूलो न्तर देखाएको छ । यो आफैंमा भयावह अवस्था हो ।

यस्तो ‘अवस्थामा केही दिन हेरौं वा पखौं भन्नु भनेको मृत्यसंख्या गनेर रमाउनु जस्तो सन्देश जान्छ । तससर्थ सारकारले स्वास्थ्य सम्वन्ध अन्य पूर्वाधार तथा प्रथामिक उपाचारक कामसंगै तत्काल जोखिम कम गर्न सिकने काममा एक रत्ति पनि ढिलाई गनर्स हुंदैन । सविश्वका विभिन्न देशहरुले यतिबेला कोरोनाहटस्पट बनेका देशबाट सवै प्रकारको यात्रा प्रतिवन्ध लगाएका छन् । यो उनीहरुको रहर पक्कै पनि होइन । बाध्यता हो । हाम्रो पनि सीमा नाका बन्द गर्ने कुनै रहर नभएर स्वास्थ्य उच्च जोखिमबाट बच्ने एउटा अनिवार्य उपाय हो । यस तथ्यलाई सकसैले पनि कुनै पनि रुपमा अन्यथा बुझ्नु हुंदैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी केन्द्रीय समिति बैठक आज पनि : पदाधिकारी चयन गर्ने सम्भावना कम

काठमाडौ, २० असार ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठकमा प्रदेश नेताहरूले पालिका चुनावमा कांग्रेस इमानदार नभएको

जसपाबाट प्रदेश सांसदसहित दुई जना निष्कासित

जनकपुरधाम, २० असार । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । गत वैशाखमा भएको स्थानीय

सीसी टिभी फुटेज प्रकरण : अर्थ मन्त्रालयले कानुनको धज्जी उडायो

काठमाडौं, १९ असार ।  अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले आज आइतवार सूचना माग गर्ने उपभोक्ता हित संरक्षण

सम्बन्धित

माओवादी केन्द्रीय समिति बैठक आज पनि : पदाधिकारी चयन गर्ने सम्भावना कम

नेपाललाई अभ्यास खेलमा लगातार दोस्रो जित

जसपाबाट प्रदेश सांसदसहित दुई जना निष्कासित

सीसी टिभी फुटेज प्रकरण : अर्थ मन्त्रालयले कानुनको धज्जी उडायो

माओवादी केन्द्रले टुंग्यायो ३७३ केन्द्रीय सदस्य (नामसहित)

साविक नेकपाका बहुमत सचिवालय सदस्यको भेटघाट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com