ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशमा संचालित डायमण्ड मेला सम्पन्न


एबीसी / संवाददाता
बैशाख ११, २०७८ शनिबार  ४ : २५ बजे

पोखरा १० वैशाख । पोखरामा पहिलोपटक आयोजना गरिएको ग्राण्ड डायमण्ड मेला सम्पन्न भएको छ । गण्डकी प्रदेशमै पहिलो पटक कञ्चन क्यापिटल प्रालिको आयोजनामा गत वैशाख ५ देखी शुरु भएको डायमण्ड मेला आज सम्पन्न भएको हो । हिराका गरगहना किन्नका लागी राजधानी धाउनुपर्ने वाध्यतालाई मध्येनजर गरी राजधानी बाहिरपनि राजधानीमै पाइने विभिन्न हिराका गरगहना पोखरामा पनि उपलब्ध छ भन्ने जानकारी दिनका लागी आयोजना गरिएको उक्त मेलामा उल्लेख्य ग्राहकको सहभागीता रहेको थियो ।

पोखरा–३, तेर्सापट्टीस्थित पञ्चरत्न आभूषण प्रालिमा आयोजित उक्त मेलामा सहभागी ग्राहकहरुले पोखरामा पनि अव राजधानीमा जस्तै हिराका सम्पूर्ण गहनाहरु उपलब्ध भएकाले हिराका गरगहना किन्न राजधानी जाने दिनको अन्त्य भएको समेत वताएका थिए । काठमाण्डौबाट पोखरा आइपुगेकी ग्राहक अनुसूया श्रेष्ठले पोखरामा पनि हिराको गहनाको पसल छ भन्ने थाहा नभएको बताउँदै मेलामा काठमाडौंमा जस्तै सुपथ मूल्यमा हिराको गहना पाएको वताइन । मेलामा पाएको हिराका गहनाको भाउ आफूलाई चित्त बुझेको उनको भनाइ रहेको थियो ।

श्रेष्ठ जस्तै युकेबाट पोखरा आइपुगेका कमल गुरुङले विदेशमा हिराको चल्ती चलन निकै भएपनि नेपालमा खासै त्यसको कारोबार नभइरहदा मोफसलमा हिराको मेला गरी ग्राहकहरुलाई हिराको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको हिरा मेलाले पोखरेलीले हिराको बारेमा जान्ने मौका पाएको वताए । हिराको मेलाले पोखरामा पनि हिराको कारोवार सजिलै गर्न सक्ने र हिराको सम्पूर्ण गरगहना पोखरामानै पाउदा आफु खुसी भएको वताउदै गरगहना किनेर राख्दा फाइदानै हुने वताए ।

नेपाल सुन चाँदी व्यवसायी महासंघ, कास्कीका अध्यक्ष राजेशमान बुद्धाचार्यले हिरा सुनभन्दा केही महंगो मात्र भएको वताउदै विवाहमा हिराका गहना दिने चलन समेत बढेको भन्दै उहाँले हिराका गरगहनाका लागि काठमाडौं नै जानुपर्ने अवस्था अन्त्य भएको वताए ।

पञ्चरत्न आभूषण प्रालिका सञ्चालक सोभितमान बुद्धाचार्यले मेलामा ग्राहकहरूको उपस्थितिले आफूहरू उत्साहित भएको बताऐ । पहिलोपटक मेलाको आयोजना गर्दा ग्राहकको राम्रो प्रतिक्रिया पाएको बताउँदै उनले मेलाको अवसरमा छुट पनि पाइन्छ भन्ने ग्राहकलाई सन्देश गएका र आगामी दिनमा पनि मेलालाई निरन्तरता दिने वताए । डायमण्ड मेलामा क्रिस कञ्चन ज्वेलरी प्रालि र कञ्चन ज्वेलर्स प्रालिको साथ रहेको थियोभने मेलाका पार्टनरहरूमा कञ्चन पीएम ज्वेलर्स प्रालि, कञ्चन आभूषण प्रालि, बुद्धाचार्य आभूषण प्रालि, कञ्चन सिल्भर प्रालि र बज्राचार्य आभूषण सेन्टर प्रालि रहेका थिए । मेलामा आउने ग्राहकका लागि १ लाख रुपैयाँसम्म ३० प्रतिशत र १ लाख भन्दा माथिको खरिदमा ४० प्रतिशतसम्म छुट समेत राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com