ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली सरकारले दुर्गमका कोरोना संक्रमितको उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्ने


एबीसी / संवाददाता
बैशाख १०, २०७८ शुक्रबार  ३ : ३५ बजे

कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितको उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गर्ने भएको छ । गम्भीर प्रकृतिका संक्रमितको उपचारमा सहज पहुँच पुर्‍याउन विकट क्षेत्रका लागि हेलिकोप्टर सहितको व्यवस्था गर्ने भएको हो ।

साथै, सड्क सञ्जाल पुगेको क्षेत्रका लागी भने १० वटा एम्बुलेन्स सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता एवंम् आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीले जानकारी दिइन् । मन्त्री केसीका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीवार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यस्तो निर्णय गरेको हो ।

 

कर्णालीमा सञ्चालन हुने एम्बुलेन्सहरूको सेवा दिने स्थल छनोट र सेवा प्रदायक संस्थाहरूको छनोट गरी जीपीएस प्रणालीमार्फत एम्बुलेन्स सेवा एप्स सञ्चालन गरिने छ ।

कोरोना नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि स्वीकृत लिन मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने, आवश्यक स्वास्थ्य जनशक्ति पूर्ति गर्न र कोभिड संकट व्यवस्थापनका लागि आवश्यक बजेटसहित एकीकृत सेवा व्यवस्थापन गर्ने समेत बैठकले निर्णय गरेको छ ।

प्रदेश अन्तर्गतका कोभिड अस्पतालहरूमा चौबिसै घण्टा विद्युत आपूर्ति गर्ने, आइसोलेसनका लागि आवश्यकताअनुसार निजी क्षेत्रको होटलहरूलाई सुरक्षा मापदण्डसहित उपयोग गर्ने मन्त्री केसीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com