ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करीब एकसय गिद्ध मृत फेला, विषले मरेको सिनु खाएको आशंका


एबीसी / संवाददाता
बैशाख ८, २०७८ बुधबार  १ : ४५ बजे

नवलपरासी, ८ बैशाख । पश्चिम नवलपरासीको सदरमुकाम परासीको जितपुरमा विश्वमा लोपोन्मुख अवस्थमा पुगेका सय भन्दा बढी संख्यामा गिद्ध मृत फेला परेका छन् । पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको खुला मैदानमा एक सय भन्दा बडि संख्यामा गिद्ध मृत फेला परेको रामग्राम नगरपालिकाका स्थानियवासी सम्भु उपाध्यायले बताउनु भएको छ ।
रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको पाल्ही क्याम्पस पछाडिको खुला मैदानमा मैदान नै भरिने गरी एक सय भन्दा बडि संख्यामा गिद्ध बुधवार विहान मृत अवश्थामा फेला परेका छन । यति धेरै संख्यामा प्रकृतिका कुचिकार मानियका गिद्धको मृत्यु कसरी भयो खुल्न सकेको छैन ।

खुला मैदान बीचमा एउटा कुकुर मरेको देखिएको आधारमा यो कुकुरलाई विष खुवाएर मारिएको र यसैको मासु गिद्धले खाए पछि गिद्धहरु मरेको हुन सक्ने अनुमान गरिएको भए पनि यति धेरै गिद्धको मृत्यु कसरी भयो भन्ने खुल्न सकेको छैन ।

पशुमा उपचारका क्रममा डाईक्लोफिनाईक्स औषधि प्रयोग गरिएको र सो औषधिको ईन्जेक्सन पछि पशुको मृत्यु भएको खण्डमा त्यो पशुको मासु खाए पछि यसरी नै गिद्ध मर्न सक्ने सम्भावना रहने गर्दछ । नेपालमा डाईक्लोफिनाईक्स औषधि प्रयोगमा प्रतिबन्ध लगाईएको छ । प्रतिबन्ध भए पनि नवलपरासीको यो क्षेत्र भारतीय खुला सिमानासंग जोडिएको हुनाले कसैले यो औषधि भारतबाट ल्याएर प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ ।
पश्चिम र पुर्वी नवलपरासी जिल्लाको माथिल्लो भागमा रहेको चुरे पहाड क्षेत्रमा अनेक प्रजातिका गिद्धहरुको वासस्थान रहेको अवश्थामा यसरी सयौंको संख्यामा गिद्धहरुका अचानक मृत्यु हुनुले प्रकृति प्रेमीहरुलाई चिन्तीत बनाएको मानवअधिकार कर्मी एवं सामाजिक अभियन्ता बृजराज कुशवाहले बताउनु भयो । यति धेरै संख्यामा लोपोन्मुख चरा गिद्धको मृत्यु भएको घटनाको छानविन गरिनु पर्ने मांग समेत उठन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com