सिरहा, ७ पौष । मालपोत कार्यालय सिरहामा आज दिउसो १ः३५ बजेको समयमा बम बिस्फोट भएको छ । कार्यालयको माथिल्लो कोठामा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बिस्फोटमा परि काम गराउन आएका २ जना र लेखापढी व्यवसायी १ जना घाइते भएका छन् । बिस्फोटमा परि काम गराउन आएका सिरहा नगरपालिका १२ सारस्वरका राजकुमार पासमान र उनका छोरा रोशन पासमान र लेखापढीको काम गर्दै आएका पवन पासमान घाईते भएको छ । गम्भिर घाइते पवनलाई थप उपचारको लागि बिराटनगर पठाएको छ ।
बम बिस्फोटले कार्यालयको झयालका शिशा फुटेको छ । कार्यालय प्रमुख बस्ने कोठाको बाहिरपट्टि राखिएको सोफाको तल प्रेसर कुकुर टाइमर बम बिस्फोट भएको हो । बम बिस्फोट कसले र किन गराएको हाल सम्म कसैले जिम्मा लिएको छैन ।
सदरमुकामको मुख्य र व्यस्त स्थानमा रहेको मालपोत कार्यालयमा दिनदहाडै बिस्फोट हुदा स्थानीय त्रसित भएको छ । मालपोत कार्यालयको छेउमै प्रमुख जिल्ला अधिकारी निवास, जिल्ला अदालत, जिल्ला अस्पताल, नेपाल बैंक लिमिटेड, एन आइसी बैंक, जिल्ला हुलाक कार्यालय, नेपाल रेडक्रस सोसाइटी लगायतका कार्यालयहरु छन् ।
एबिसि रिर्पोटर, शुभ नारायण कामती
प्रतिक्रिया दिनुहोस्