ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय दलहरुको बैठक निष्कर्षबिहीन


admin

काठमाडौं, ७ पुस । निर्वाचनपछि नयाँ सरकार बन्ने विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको राष्ट्रिय दलहरुको बैठक निष्कर्षबिहीन भएको छ ।

बालुवाटारमा आज बसेको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र नयाँ सरकार निर्माणका प्रमुख दुई एजेन्डामा छलफल भए पनि सहमति जुट्न सकेन । बैठकपछि सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलहहरुबिच कुनै ठोस सहमति हुन नसकेको बताउनुभयो । राष्ट्रपतिसमक्ष पठाएको विधेयक स्वीकृत नगरेसम्म अरु प्रकृया अगाडि बढ्दैन भन्ने धारणा काग्रेसले राखेको उहाले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिकहाँ गएको अध्यादेश र त्यसअघि तयार भएको विधेयकको अन्तर्वस्तुमा फरक भएकोबारे छलफल गरिएको बताउनुभयो । श्रेष्ठले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न तयार रहेको बताए पनि ठोस सहमति भने नभएको जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल र पूर्वसभामुख सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो भने नेपाली कांग्रेसबाट पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी हुनुहन्थ्यो । यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा तथा राष्ट्रिय जनता पार्टीबाट अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव सहभागीहुनुहुन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com