ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा कडाइ : लगाएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने


एबीसी / संवाददाता

काठमाडौ, ७ वैशाख । मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ ।

यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो । त्यसबाट सङ्क्रमण फैलने डर हुन्थ्यो । अब त्यसरी मास्क फ्याँक्नेलाई कारवाही गर्ने गरी उपत्यकाको प्रशासनले नयाँ व्यवस्था लागू गरेको छ । मुख्यगरी यातायातका साधन सञ्चालनमा थप कडाइका साथै प्रयोग गरेका मास्कलगायत सामग्री विसर्जनमा ध्यान दिन भनेको छ । अब विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टविन वा प्लाष्टिकको झोलामा बन्द गरी सुरक्षित साथ पाँच दिन अनिवार्यरूपमा सुरक्षित साथ राख्नुपर्ने छ । त्यसपछि मात्रै विसर्जन गर्नुपर्ने छ । अटेर गरेमा कारवाही हुनेछ ।

घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफ्याँक्न पनि भनिएको छ । सरकारले दिएको आदेश नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

सरकारी आदेशअनुसार काठमाडौँ प्रशासनले उपत्यकामा सङ्क्रमण रोक्न मानवीय गतिवधि नियन्त्रण गर्न थालेको हो । नयाँ भेरियन्टसहित कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले सोमबार महत्वपूर्ण निर्णय गरेको थियो ।

सोही निर्णयको आधारमा गृहमन्त्रालयबाट प्राप्त निर्देशनानुसार आज काठमाडौँ प्रशासनले विशेष सूचना जारी गरी सावधानी अपनाउन भनिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । काठमाडौँ प्रशासनले सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकले मास्क र भाइजर अनिवार्यरूपमा लगाउन भनेको छ । सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्न, कुनै पनि यात्रुले मास्क नलगाई आएमा चालक तथा सहचालकले बढीमा रु १० लिई उपलब्ध गराउन पनि आज विशेष सूचना जारी गरी जनाएको छ । मास्क नलगाउने व्यक्तिलाई सवारीमा प्रवेश निशेष गरिने छ ।

लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनले बीच बाटोमा यात्रु चढाउन पाउने छैन । शुरुको गन्तव्यदेखि हिँडेपछि मानिस नचढाइ अन्तिमसम्म जानुपर्नेछ । त्यस्तै यात्रुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र काठमाडौँलाई उपलब्ध गराउन भनिएको प्रजिअ पराजुलीले जानकारी दिनुभयो । सार्वजनिक यातायातका साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुमा मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र भित्र स्यानिटाइजरको व्यवस्था मिलाउन प्रशासनले भनेको छ ।

सूचनामा जिल्लाका महानगर र सबै नगरपालिकामा रहेको शैक्षिक संस्था भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ । निर्धारित परीक्षा भने सुरक्षित साथ नियमित गर्न सकिने छ ।

सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लब, जिमखाना, स्वीमिङ पुल, फुट्स सभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भिडभाड हुने अन्य प्रकारका सबै कार्यक्रम वैशाख मसान्तसम्म बन्द गरिएको छ । एक पटकमा २५ जनाभन्दा बढी भेला नहुन भनिएको छ भने सपिङ मल डिपार्टमेन्टल स्टोर्सका सञ्चालक तथा व्यवस्थापकलाई जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ ।

मेला महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामीलगायत अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने गरी र जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी कार्य सञ्चालन गर्न भनिएको छ । विवाह र व्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा स्थानीय प्रशासनसँग अनुमति लिनुपर्नछ । त्यसका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र २५ जना मात्र सहभागी हुने भनी प्रशासन कार्यालयमा निवेदनसहित उपस्थित भएमा अनुमति प्रदान गरिने छ तर २५ जनाभन्दा कम मानिस सहभागी भई आफ्नै घर कम्पाउण्डमा विवाह र व्रतबन्ध कार्य गर्न भने पाइने छ ।

मठ मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी वैशाख मसान्तसम्म नित्य पूजा ध्यान प्रार्थना मात्र गर्न भने पाइने छ । सभा, सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालीम, प्रशिक्षणजस्ता क्रियाकलाप भर्चुअलका माध्यमबाट गर्न भनिएको छ । कार्यालय पसलजस्ता सार्वजनिकस्थलमा स्यानिटाइज र मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने छ । कुनै व्यक्तिले मास्क नलगाई आएमा कार्यालय तथा पसलमा प्रवेश नदिन पनि सूचित गरिएको छ । होटल तथा रेष्टुराँ बिहान ८ देखि राति ८ सम्म मात्रै सञ्चालन गर्न पाइने छ । कोभिड–१९ रोकथान तथा व्यवस्थापनका सन्दर्भमा सबै स्वास्थ्यका मापदण्ड अबलम्वन गर्नेपर्ने, घर बाहिर निस्किँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।

विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भए पनि कम्तीमा १० दिन होमक्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । पिसिआर परीक्षणको रिपोर्ट दिएपछि नतिजा नआएसम्म घरबाहिर हिँडडुल, भेटघाट, बैठक गर्न पाइने छैन । स्थानीय तहमा क्वारेन्टिन र आइसोलेशनमा बसेका व्यक्तिलाई सक्दो सहयोग गर्न अनुरोध गरिएको छ । यसरी सरकारी आदेश र स्वास्थ्य मापदण्ड पालना नगरेमा स्थानीय तह, प्रशासन, स्वास्थ्य कार्यालय, स्वास्थ संस्था, टोलसुधार समिति र उपभोक्ता समितिलाई यथाशीघ्र जानकारी गराउन भनिएको छ । होम आइसोलेशनमा बसेका व्यक्ति स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने र स्वास्थ्यमा कुनै समस्या भएमा तुरुन्तै नजिकको अस्पतालमा जानकारी गराउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com