काठमाडौं, ७ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएपछि उहाँहरुले कोरोना संक्रमण परीक्षण गराउनु भएको थियो । उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।
पूर्वराजा ज्ञानेन्द्र भारतबाट स्वादेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरुको ठूलो भीड लागेको थियो ।मेलामा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत कोरोना संक्रमण भएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको मेलाको कार्यक्रममा आदित्यनाथ पनि सहभागी भएका थिए । यसैवीच अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएको छ ।
कोरोना संक्रमण देखिएपछि उहाँ अहिले आफ्नै घरमा आइसोलेट हुनुभएको छ । केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराएकी गराउनुभएको थियो । पहिलो पटक टेस्ट गर्दा नै उहाँलाई कोरोना पोजिटिभ देखिएको थियो । तर, उहाँले विश्वास नलागेर दोस्रो पटक पनि कोरोना परीक्षण गराउनुभएको थियो ।
दुवै पटक उहाँमा कोरोना पोजेटिभ देखियो । केकीलाई कोरोना देखिएपछि फिल्म ‘घिन्ताङ’ को छायांकन रोकिएको छ । सोमबारदेखि हुने भनिएको यस फिल्मको छायांकन प्रभावित बनेको छ । हिजो मात्र जन्मदिन मै मदनकृष्ण श्रेष्ठलगायत सबै परिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा पनि दिनहुँ कोरोना संक्रमितहरुको संख्या थपिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्