ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा कोरोना संक्रमणको कारण एकैदिन ६ जना मृत्यु


एबीसी / संवाददाता
बैशाख ७, २०७८ मंगलबार  ८ : ४० बजे

रुपन्देही, ७ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण रुपन्देहीमा सोमबार मात्र ६ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार भैरहवास्थित युसीएमस कोभिड अस्पताल युनिटमा ४ जना र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाका र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगर–८ की ६५ वर्षीय महिला र बुटवल–१३ की ७९ वर्षीय महिलाको छन् । त्यसैगरी रानीगञ्ज मोतिपुरका ३८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्यमा महरागञ्ज–९ कपिलवस्तुका ५२ वर्षीय पुरुष, झिमरुक प्युठानका ५८ वर्षीय पुरुष र स्वर्गद्वारी प्युठानका ४८ वर्षिय पुरुष छन् । दोस्रो लहर अन्तर्गत रुपन्देहीमा दिनहुँ संक्रमण बढ्दो छ । जिल्लामा रहेका दुई सरकारी कोभिड अस्पताल र १ निजी अस्पतालले कोभिडको उपचारका लागि छुट्टाइएको थियो । अहिले ती अस्पताल सबै भरिएको अवस्था छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार शहरी क्षेत्रमा संक्रमण दर निकै बढ्दो छ । शहरी क्षेत्रका भिडभाड हुने क्षेत्रबाट संक्रमितको संख्या बढी देखिएकाले र अस्पतालमा बिरामीको चाप बढेकाले सबैलाई सचेत रहन गिरीको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com