ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापान र नेपालको सम्बन्ध थप मैत्रीपूर्ण बनाउन मिडियाले भूमिका खेल्नुपर्छ : संचार मन्त्री गुरुङ


इन्दिरा खनाल

जापान, , ६ वैशाख । संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले जापान र नेपालको सम्बन्ध थप मैत्रीपूर्ण बनाउन नेपाली मिडीयाले भूमीका खेल्नुपर्ने बताउनुभएको छ । मातृभूमी सन्देश डटकमको ५ औं बार्षीक उत्सवको अवसरमा अनलाईनबाट शुभकामना दिदै मन्त्री गुरुङले दुई देशको सम्बन्ध थप मजबुद बनाउन प्रवासबाट संचालीत नेपाली मिडीयाले भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।

जापानको टोकियोमा आयोजित कार्यक्रममा अनलाईनबाट जोडिनुभएका मन्त्री गुरुङले जापान र नेपालको सम्बन्ध पहिले देखि नै सुमधुर रहेकाले यसलाई थप शसक्त र मजबुद बनाउन नेपाली मिडियालाई आग्रह गर्नुभयो । जापान सूचना र प्रविधीमा निकै अगाडी रहेकाले मिडीयाले त्यसको उच्च प्रयोग गर्दै नेपाल र नेपाली समुदायलाई सत्य, तथ्य र बिश्वसनियतामा आधारित रही सुचना सम्प्रेषण गर्न सुझाव समेत दिनुभयो । मन्त्री गुरुङले सूचना र संचारको क्षेत्रमा जापानबाट संचालीत मिडीयाहरुलाई नेपाल सरकार र संचार मन्त्रालयले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै जापानका लागी नेपाली राजदुत प्रतिभा राणाले जापानका नेपाली मिडीयाले नेपाली समुदायलाई सूसुचित गर्न अग्र स्थानमा रहेर काम गरेको बताउनुभयो । उहाँले जापान सरकारबाट आउने सूचनालाई नेपाली भाषामा अनुबाद गरी नेपाली समुदायसम्म पुर्याउने र नेपालीका हरेक गतिविधीमा सहयोग गर्दै आएको जानकारी दिनुभयो । मातृसन्देश डटकमका निर्देशक बिजय थकालीको अध्यक्षता प्रधान सम्पादक शान्तकुमार पहरीको संचालनमा भएको क्यालेन्डर विमोचन तथा सम्मान कार्यक्रममा बिभिन्न संघसंस्थाका व्यक्तीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत भेटिए

माओवादीबाट हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन

सम्बन्धित

प्रतिपूरक वृक्षरोपण गर्न जग्गा खोजी

नक्कली भूटानी शरणार्थी प्रकरण सरकारी वकिलको थुनछेक बहस सकियो

अर्थ मन्त्रालयमा पूर्वकर्मचारीकाे नियुक्तिबारे स्पष्ट पार्न माग

चार स्थानमा पुल निर्माण गरिने

फिक्कल गाउँपालिका स्तरीय बाल भेला सम्पन्न

सञ्चारमन्त्री शर्मासँग ‘भर्चुअल’ संवाद गर्न सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com