ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापान र नेपालको सम्बन्ध थप मैत्रीपूर्ण बनाउन मिडियाले भूमिका खेल्नुपर्छ : संचार मन्त्री गुरुङ


इन्दिरा खनाल
बैशाख ६, २०७८ सोमबार  ८ : ५२ बजे

जापान, , ६ वैशाख । संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले जापान र नेपालको सम्बन्ध थप मैत्रीपूर्ण बनाउन नेपाली मिडीयाले भूमीका खेल्नुपर्ने बताउनुभएको छ । मातृभूमी सन्देश डटकमको ५ औं बार्षीक उत्सवको अवसरमा अनलाईनबाट शुभकामना दिदै मन्त्री गुरुङले दुई देशको सम्बन्ध थप मजबुद बनाउन प्रवासबाट संचालीत नेपाली मिडीयाले भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।

जापानको टोकियोमा आयोजित कार्यक्रममा अनलाईनबाट जोडिनुभएका मन्त्री गुरुङले जापान र नेपालको सम्बन्ध पहिले देखि नै सुमधुर रहेकाले यसलाई थप शसक्त र मजबुद बनाउन नेपाली मिडियालाई आग्रह गर्नुभयो । जापान सूचना र प्रविधीमा निकै अगाडी रहेकाले मिडीयाले त्यसको उच्च प्रयोग गर्दै नेपाल र नेपाली समुदायलाई सत्य, तथ्य र बिश्वसनियतामा आधारित रही सुचना सम्प्रेषण गर्न सुझाव समेत दिनुभयो । मन्त्री गुरुङले सूचना र संचारको क्षेत्रमा जापानबाट संचालीत मिडीयाहरुलाई नेपाल सरकार र संचार मन्त्रालयले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै जापानका लागी नेपाली राजदुत प्रतिभा राणाले जापानका नेपाली मिडीयाले नेपाली समुदायलाई सूसुचित गर्न अग्र स्थानमा रहेर काम गरेको बताउनुभयो । उहाँले जापान सरकारबाट आउने सूचनालाई नेपाली भाषामा अनुबाद गरी नेपाली समुदायसम्म पुर्याउने र नेपालीका हरेक गतिविधीमा सहयोग गर्दै आएको जानकारी दिनुभयो । मातृसन्देश डटकमका निर्देशक बिजय थकालीको अध्यक्षता प्रधान सम्पादक शान्तकुमार पहरीको संचालनमा भएको क्यालेन्डर विमोचन तथा सम्मान कार्यक्रममा बिभिन्न संघसंस्थाका व्यक्तीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

अध्यादेशविरुद्ध विपक्षी दल आक्रामक, संसद्‌मा अस्वीकृतको सूचना दर्ता

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com