ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि मन्त्रालयले आगामी बजेटका लागि तय गर्यो १३ मुख्य विषय


एबीसी / संवाददाता
बैशाख ५, २०७८ आईतबार  १ : ४६ बजे

काठमाडौं ,वैशाख ५। कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले सातै प्रदेशका सांसदसँग आगामी वर्ष २०७८/७९ को कृषि क्षेत्रको बजेट तथा कार्यक्रम तर्जूमा सम्बन्धमा छलफल एवम् अन्तरक्रिया गरेकी छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन हुने कृषि विकास कार्यक्रम सम्बन्धमा संघीय संसदका सांसदसँग मन्त्री अर्यालले बैशाख ३ गते मन्त्रालयमा छलफल एवम् अन्तरक्रिया गरेकी हुन् ।

समग्र कृषि क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा सञ्चालन गर्न उपयुक्त हुने कार्यक्रम, कृषि क्षेत्रमा गर्नुपर्ने नीतिगत, कानूनी एवम् संरचनागत सुधार, संघ, प्रदेश र स्थानीय तहसँग कृषि विकास कार्यक्रममा सहकार्यको मोडालिटी सम्बन्धमा सांसदसँग सुझाव संकलन गर्ने उद्देश्य उक्त कार्यक्रमको आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

छलफलका क्रममा ७ वटै प्रदेशको प्रतिनिधित्व गर्ने सासंदहरुबाट विभिन्न धारणा व्यक्त गरेका छन् ।

जसमा भौगोलिक अवस्थिति, सम्भाव्यता, आवश्यकता र औचित्यताको आधारमा कोल्ड स्टोर निर्माण, यान्त्रिकीकरण प्रवद्र्धन तथा अन्य पूर्वाधार विकास कार्यक्रम तर्जुमा गरिनुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै, संघीय सरकारबाट स्थानीय तहमा उपलब्ध हुने ससर्त बजेट कार्यान्वयनमा सुधार आवश्यक रहेको, अनुगमन

मूल्यांकनका लागि आवश्यक संरचनागत व्यवस्था हुनुपर्ने जनाएको छ । सम्भावनाका आधारमा सुपरजोन/जोन/ब्लक/पकेट क्षेत्र छनौट गरी कार्यक्रम संचालन गर्नुपर्ने र कृषि अनुदान वास्तविक कृषक समक्ष पुर्याउन अनुदान प्रवाह प्रणालीलाई थप वैज्ञानिक, पारदर्शी र व्यवस्थित बनाइनु पर्ने विषयमा छलफल भएको छ ।

त्यसैगरी, मल/बीउ/सिँचाइ/कृषि ऋण लगायतका उत्पादन सामग्री आपूर्तिका लागि थप पहल आवश्यक रहेको जनाएको छ । साथै, कृषि उपजको बजार व्यवस्थापनका लागि सरकारले कृषि उपज खरिद गर्ने व्यवस्थाका लागि यथेष्ट वजेट विनियोजन गर्नु पर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com