ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक संकटमा कान्ति बाल अस्पताल


admin


काठमाडौं, ६ पुस । काठमाडौंको महाराजगंजस्थित कान्ति बाल अस्पताल चरम आर्थिक संकटमा परेपछि कर्मचारी लाई तलब खुवाउनै समस्या परेको छ । नेपालको केन्द्रिय बाल अस्पतालको रुपमा रहेको कान्ति बाल अस्पतालले अहिले मासिक ८ घाटा व्यहोर्दै आएको छ । जाडो मौसमा विरामीको चाप कम हुने भएकाले आम्दिानी कम हुने र कार्यरत ४ सय कर्मचारीको भार अस्पताल व्यवस्थापन एक्लैले बोक्नुपर्ने भएपछि समयमै तलब दिन समस्या परेको अस्पताल प्रशासनले जनाएको छ ।

डाक्टर, नर्स र अन्य गरी करिब ६ सय कर्मचारी रहेको अस्पतालमा मासिब तलब खुवाउनको लागि मात्रै ९० लाख देखि १ करोड लाग्ने गरेको अस्पताल प्रशासनले जनाएको छ । ६ सय कर्मचारीमध्ये ४ सय जनालाई कान्ति अस्पतालको विकास समितिले नियुक्त गरेको हो भने साढे दुई सय कर्मचारी स्वास्थ्य मन्त्रालयले स्थायी नियुक्तिमा आएका हुन् । विकास समितिको नियुक्तिबाट आएका कर्मचारीले अस्पतालको आम्दानीबाट तलब पाउने गर्छन् भने स्वास्थ्य मन्त्रालयबाट नियुक्ति पाएका कर्मचारीलाई मन्त्रालयले नै तलब पठाउने गर्दछ । अस्पताल र स्वास्थ्य मन्त्रालयबीच आर्थिक वर्ष २०७४.७५ का लागि तीन करोड दिने सहमती भए पनि स्वास्थ्य मन्त्रालयले निकासा गर्ने भनेको रकम अहिलेसम्म पाएको छैन ।

नेपाली कांग्रेसका नेता गगन थापा स्वास्थ्य मन्त्री रहँदा अस्पतालमा ६५ जनाको चिकित्सक सहितका कर्मचारी पठाइएको थियो । मन्त्रालयले आर्थिक वर्ष २०७३.७४ का लागि बार्षिक एक करोड रकम समेत पठाएको थियो । तर मन्त्रालयले अहिले रकम निकासा नगरे पछि ती कर्मचारीको मासिक तलब पनि अस्पतालले नै व्यहोर्दै आएको छ । अस्पतालमा करारमा कार्यरत नर्सहरुले जागिर छाड्ने क्रम पनि उत्तिकै बढेको छ । अस्पतालले छ महिनासम्म काम गरेका कर्मचारीलाई जागिर छोड्दा विदा बापतको रकम भुक्तान गर्नुपर्ने हुन्छ । त्यसले अस्पताललाई थप आर्थिक भार परेको छ ।

स्टाफ नर्सहरुको राजीनामाले अस्पताललाई आर्थिक भार बढ्नुका साथै अस्पतालको सेवा प्रवाहमा समेत समस्या परेको छ । अपरेशन गर्नुपर्ने बिरामीहरुले उपचारका लागि एक बर्षसम्म पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com