ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीद्वारा मानन्धर र रावलको निधनप्रति दुःख व्यक्त


एबीसी / संवाददाता

काठमाडौ, १७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष विष्णुबहादुर मानन्धर र कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ ।

आज छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै उहाँले दुवै जनाको निधनले नेपालको कम्युनिष्ट आन्दोलनमा क्षति पु¥याएको तथा निष्ठावान्, सादगी र इमान्दार नेतालाई गुमाउन परेको बताउनुभएको छ । मानन्धरको यही चैत १६ गते ९१ वर्षको उमेरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र रावलको ७७ वर्षको उमेरमा आज अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो ।

जहानियाँ राणा शासन विरुद्धको सङ्घर्षमा सक्रिय रहनुभएका मानन्धरले नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै पार्टीमा सङ्गठित रहेर पु¥याउनुभएको योगदानको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ । “विसं २०४६ को संयुक्त जनआन्दोलन सफल पार्न नेपाल कम्युनिष्ट पार्टी ९संयुक्त० को अध्यक्षका रुपमा संयुक्त वाममोर्चा गठनमा उहाँले निर्वाह गर्नुभएको भूमिका स्मरणीय छ”, उहाँको शोक वक्तव्यमा भनिएको छ, “मानन्धरको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलनले निष्ठावान्, सादगी र इमान्दार नेतालाई गुमाएको छ । नेपालको वाम लोकतान्त्रिक र प्रगतिशील आन्दोलनमा उहाँको योगदान चीरकालसम्म स्मरणीय रहने छ ।” नेपाली कम्युनिष्ट आन्दोलनका प्रथम पुस्ताका अथक नेताको रुपमा मानन्धरलाई चिनिने गरिन्छ ।

यसैबीच प्रधानमन्त्री ओलीले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधनले एमालेले निष्ठावान्, सादगी र इमान्दार नेता र कैलालीका जनताले विकासप्रेमी जनप्रतिनिधिलाई गुमाएका परेको बताउनुभएको छ । शोक वक्तत्व जारी गर्दै उहाँले निधनप्रति दुःख व्यक्त गर्दै रावलको निधनले मर्माहत परिवार, आफन्तजन र कैलालीका पार्टी कार्यकर्ताप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । “ एमाले नेता, सामाजिक परिवर्तनका अभियन्ता तथा लोकप्रिय जनप्रतिनिधिको रावलले पु¥याउनु भएको योगदान कैलालीका जनताको मानस्पटलमा स्मरणीय छ”, प्रधानमन्त्रीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ ।

रावल २०४९ र २०५४ सालमा कैलालीको सुगरखाल गाविस अध्यक्ष र २०७४ सालमा मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ २०५६ सालको संसदीय निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट मालेका तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com