ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थ्री नेसन्स कपको उपाधि नेपाललाई


एबीसी / संवाददाता
चैत्र १६, २०७७ सोमबार  ७ : ३८ बजे

काठमाडौं, १६ चैत्र । नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो ।

यससँगै ३७ वर्षपछि नेपालले घरेलु भूमिमा उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन संजोक राई र विशाल राई ुबीु ले एक एक गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए ।

घरेलु दर्शकसामु नेपाली टिमले सुरुवातबाटै आक्रमण प्रदर्शन गरेको थियो । खेलको १३ औं मिनेटमा संजोक राईको क्रसमा त्रिदेभ गुरुङको फितलो प्रहार बंगलादेशका डिफेन्डरले क्लियर गरे ।

१७ औं मिनेटमा अनन्त तामाङको उत्कृष्ट हेड बल बंगलादेशका गोलकिपर अनिसुर रहमानले मुस्किलले बचाएका थिए । तर, खेलको १८ औं मिनेटमा संजोक राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । कर्नरमा बंगलादेशका डिफेन्डरले क्लियर गरेपछि आएको बलमा संजोकले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरे । मिडफिल्डर संजोकको यो डेब्यु गोल हो । संजोकले शनिबार बंगलादेशसँगको खेलमै राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए । यस गोलसँगै नेपालको गोलको खडेरी अन्त्य भएको छ । नेपाल पछिल्लो ७ खेलमा गोलविहिन रहेको थियो ।

खेलको ३० औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने मौका गुमायो । बंगलादेशका गोलकिपर अघि बढेको अवस्थामा अन्जन विष्टको चिप प्रहार पोस्ट माथिबाट गएको थियो ।

खेलको ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । रंजित धिमालको लामो पासमा संजोक राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले पोस्टको जाली चुमाएका हुन् । विशालको यो राष्ट्रिय टिमका लागि चौंथो गोल हो ।

दोस्रो हाफमा नेपालको प्रदर्शन केहि कमजोर देखियो । बंगलादेशले भने केहि गोलको अवसर निकालेको थियो । खेलको ६७ औं मिनेटमा यसिन अरफातको प्रहार पोस्ट नजिकबाट बाहिरिएको छ । त्यसपछि खेलको ८३ औं मिनेटमा बंगलादेशका रहमानले गोल गरेपनि नेपाल २–१ ले विजयी भयो । जमल भुयाको कर्नर बलमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले उत्कृष्ट हेड गोल गरे ।

यससँगै नेपालले तीन खेलपछि बंगलादेशलाई हराउँन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com