ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरमा छैनन् परेवा र गौँथली, वनमा छैनन् ढिकुर र मालचरी : ज्ञानका अथाह भण्डार विस्मृतिको गर्भमा पुरिँदै


एबीसी / संवाददाता
चैत्र १५, २०७७ आईतबार  १० : ३६ बजे

कुनै समय थियो, गौँथलीको चिरबिर र परेवाको माकुर…कुर….जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो । समय बदलियो । समयसँगै हाम्रा पुख्र्यौली मान्यता र श्रृति परम्पराका कथनभित्र रहेका ज्ञानका अथाह भण्डार पनि विस्मृतिको गर्भमा पुरिँदै गए ।

धार्मिक, सामाजिक र वातावरणीय महत्वसँग जोडिएका कैयौँ आनुवांशिक स्रोतहरु हराउँदै गए । रैथाने प्रविधि लोप भए । मानवीय जीवनलाई प्रकृतिको सुरम्य लयमा फर्काउने घरपालुवा वा वनमा आश्रित पक्षीको चिरबिर अब खोज्दै जाँदा पनि सुन्नै नपाइने अवस्थामा पुगे । वातावरणीय असन्तुलन र मानवीय कमजोरीका कारण ‘मान्छेका साथी, दुःख सुखका सारथी’ मानिने घरचरी र वनचरी म्याग्दीका गाउँबस्ती र वनजङ्गलबाट लोप हुने अवस्थामा पुगेका छन् ।

शान्ति र प्रेमको प्रतीकसमेत मानिने घर पालुवा पक्षी परेवा र परिश्रम र सहकालको प्रतीक मानिने गौँथली अब म्याग्दीका गाउँबस्तीमा देखिन छाडेका छन् । त्यसैगरी वनपाखामा बासस्थान ९गुँड० बनाएर बस्ने ढिकुर, डाङ्ग्रे, भँगेरा र मालचरीलगायतका पक्षीहरु हराउँदै गएपछि वनजङ्गल पनि सुनसानजस्तै लाग्न थालेको स्थानीय बासिन्दा बताउँछन् ।

घरमा परेवा र गौँथली पाल्ने संस्कृति नासिँदै गएको वन तथा वातावरण क्षेत्रका अध्येता चन्द्रमणि सापकोटाले बताउनुभयो । जोडी बनाएर बस्ने परेवा र गौँथलीले मानवबस्तीको विस्तार, पक्की घर निर्माण, चरन क्षेत्र अभावलगायत विभिन्न कारणले विस्तारै बासस्थान परिवर्तन गर्न थालेको उहाँको भनाइ थियो । “बासस्थान र चरनक्षेत्र प्रमुख कारण हो । भौतिक संरचना परेवा र गौँथलीमैत्री छैन्”, सापकोटाले भन्नुभयो ।

धार्मिक र परम्परागत भनाइमा परेवा र गौँथली मार्दा पाप लाग्ने बताइन्छ तर पछिल्लो समय पूजा गर्ने, भाकल चढाउने नाममा गाउँघरमा कतैकतै मात्र पाइने परेवा नासिँदै गएका छन् भने औषधि हुन्छ भनेर गौँथलीको समेत शिकार गर्न थालिएको स्थानीयवासीले बताएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि गत वर्ष चैतबाट गरिएको बन्दाबन्दीका कारण गाउँमा फर्केका युवाले वनका पक्षीको शिकार गरेर दिन बिताउने गरेका कारण म्याग्दीका जङ्गलबाट वनचराको सङ्ख्या पनि निकै कम भएको पाइएको छ ।

दुई वर्ष अघिसम्म वनमा पाइने ढिकुर, कालिज, तित्रो र मालचरीलगायतका पक्षीहरु गत वर्षदेखि अत्यन्त थोरै मात्र देखिने गरेको रोहोटेका स्थानीय चन्द्रबहादुर घिमिरेले बताउनुभयो । प्रकृतिका सङ्गीतकार मानिने यस्ता वनचरी नास हुनुमा मानवीय कारण नै प्रमुख रहेको वन डिभिजन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो । मानवीय स्वार्थ र लापरवाहीका कारण वनचरीको बासस्थान नास हुने र अवैधरूपमा शिकार गर्ने प्रवृत्तिले जङ्गलबाट वनचरी हराउँदै गएको उहाँको भनाइ थियो ।

मानवीय लापरवाहीका कारण लोप हुन लागेका घरचरी र वनचरीको संरक्षणका लागि बेलैमा सचेत हुनुपर्ने वन तथा वातावरण क्षेत्रका अगुवाहरुको भनाइ छ । गुँड नजिक अर्को गुँड बनाउने, आवतजावत गर्ने मार्गमा कुनै अवरोध नगर्ने, घरमा कीरा मार्ने विषादी प्रयोग नगर्ने, हिलो भएको ठाउँमा अन्य फोहर नफाल्ने गरेमा घरचरीको संरक्षण गर्न सकिने वातावरण संरक्षका अभियानकर्मी सापकोटाको भनाइ छ । त्यसैगरी अवैधरूपमा गरिने चोरी शिकारीलाई नियन्त्रण गरी आहारा र बासस्थानको अभाव हुन नदिने हो भने वनचरीलाई जङ्गलमा नै संरक्षण गर्न सकिने निमित्त प्रमुख खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com