ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साँफ्या मलाई पनि उडाइ लैजा हिमचुलीका डाँफ्या”


एबीसी / संवाददाता

डोटी, १४ चैत ।  ‘डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साँफ्या
मलाई पनि उडाइ लैजा हिमचुलीका डाँफ्या’

सुदूरपश्चिम प्रदेशमा निकै चर्चामा रहेको यो गीत चर्चित देउडा गायक नन्दकृष्ण जोशीले अछाममा रहेको वैद्यनाथ धाम पुगेपछि गाउनु भएको हो । डोटी राम्रो हुनुमा डडेल्धुराको योगदान छ भने अछाम राम्रो हुनुमा अछामको साँफे बगरस्थित वैद्यनाथ धामको ठूलो महत्व रहेको सन्देश यो गीतले दिन खोजेको छ । यो गीतको सारजस्तै सुदूरपश्चिम क्षेत्रमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुमध्येकै महत्वपूर्ण धाम वैद्यनाथ हो ।

यहाँका महत्वपूर्ण र अति रमणीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलमध्येमा अछामको वैद्यनाथ गणना हुन्छ । उक्त मन्दिर (धाम)साँच्चिकै रमणीयस्थलका रुपमा गणना हुने यहाँका स्थानीय मात्र होइन यहाँ आइपुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको धारणा छ । चारैतिर अग्ला डाँडाले घेरिएको समथर ठाउँ छ बीचमा । परभली नदी र बूढीगङ्गा नदीको किनारमा रहेको उक्त धामको पर्यटकीयभन्दा अझ बढी त धार्मिक एवं सांस्कृतिक महत्व रहेको पाइन्छ । धामको वरिपरि सौर्य बत्ती लगाइएका छन् भने प्राङ्गणका बीच भागमा मञ्च निर्माण गरिएको छ । भित्र चार ढोका भएको वैद्यनाथ धाम मन्दिर, वरिपरि अष्ठ भैरव, मालिका, कालिका, पार्वतीका मन्दिर, माण्डपनाथ मन्दिर, चार देवल रहेका छन् ।

मन्दिर परिसरमै यज्ञशाला छ, प्रतीक्षालय, बैठक कक्ष पनि मन्दिर परिसरमै बनाइएका छन् । हिन्दू वैदिक सनातन धर्ममा अति महत्व राख्ने नेपालमा रहेका चार धाममध्ये वैद्यनाथ पनि एक हो । नेपालको सुनसरीको बराह क्षेत्र, काठमाडौँको पाशुपत क्षेत्र, मुस्ताङको मुक्तिनाथ क्षेत्र र अछामको वैद्यनाथ क्षेत्र नेपालका चार धाममध्येको एक प्रसिद्ध धाममा पर्दछन् । वैद्यनाथ क्षेत्रलाई रावणले तपस्या गरी वरदान प्राप्त गरेको क्षेत्रका रुपमा पनि हिन्दू मान्यतामा लिने गरिन्छ । शिवजीको दर्शन पाउनका लागि रावणले कैलाश पर्वतमा तपस्या गरेका थिए तर त्यहाँ उनले शिवजीबाट बर प्राप्त गर्न सकेनन् । त्यसपछि भारतको झारखण्डमा तपस्या गरेको पाइन्छ । रावणले त्यहाँ पनि आफ्नो तपस्याबाट भगवान् शिवजीबाट वर प्राप्त गर्ने अवस्था नदेखेपछि रावणले अछामको वैद्यनाथ क्षेत्रमा हवन गर्न शुरु गरेको नेपालका विभिन्न हिन्दू धर्म ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ ।

धार्मिक ग्रन्थहरुका अनुसार रावण धेरै जिद्दी स्वभावका थिए, उनले जे कुरा चाहन्थे त्यो प्राप्त गर्नका लागि जस्तोसुकै बलिदानी दिन पनि तयार हुन्थे रे । वैद्यनाथ धाम मन्दिरका पुजारी देवराज उपाध्याय भन्नुहुन्छ, “पुराणअनुसार दश टाउका भएका रावणले आफ्नो लक्ष्य प्राप्त गर्न आफ्नै टाउको काट्दै हवन गर्दै गए । यसरी उनले नौ टाउका काटेर होमकुण्डमा हालिसक्दासमेत शिवको दर्शन नपाएपछि पूरै शरीर हवन गर्ने सोचेर दशौँ टाउको काट्न लाग्दा शिवजीले वैद्यका रुपमा दर्शन दिनुभएको थियो । वैद्य भएर भगवान् शिवले रावणका सबै टाउकाहरु फेरि जोडेका कारण यस क्षेत्रको नाम वैद्यनाथ धाम राखिएको हो ।”

यसरी भगवान् शिवको दर्शन पाएपछि रावणले शिवजीसँग वाचा गराई शिवलिङ्ग लङ्का लैजान पाऊँ भनी मागेका थिए रे । वाचाअनुसार शिवले आफ्नोे लिङ्ग दिए । सो कुरा पार्वतीले थाहा पाएपछि उनले अदृश्य शक्तिको प्रयोग गरी शिवलिङ्गलाई उठाउनै नसक्ने गरी निकै गह्रौँ नाइदिनुभएको थियो भन्ने विश्वास गरिन्छ । त्यसकारण रावणले लैजान नसकेपछि यो शिवलिङ्ग यसै वैद्यनाथ क्षेत्रमा रहेको पुराणहरुमा उल्लेख गरेको पुजारी उपाध्यायले बताउनुभयो । १२ वटा ज्योतिर्लिङ्गमध्ये एक नेपालमा रहेको छ, जुन वैद्यनाथ धाममा अवस्थित छ । “हुन त भारतले झारखण्डमा रहेको वैद्यनाथ धामलाई असली वैद्यनाथ धाम भनेर प्रचार गर्दैछ, तर पुराणहरुमा गरिएको व्याख्याअनुसार सबै कुरा अछामकै वैद्यनाथ धामको मेल खान्छ”, वैद्यनाथ विद्याश्रमका प्रधानाध्यापकसमेत रहेका उपाध्यायले थप भन्नुभयो, “वैद्यनाथ धाम क्षेत्रमा वृद्धनदी ९बूढीगङ्गा०, पद्मा नदी ९पाइली गाड०, गोदावरी नदी ९परभली नदी० र सरस्वती नदी ९परभलीगाड० यस क्षेत्रमा मात्रै छन्, जुन पुराणमा व्याख्या गरिएका छन् ।”

यस्तै, खेचरादी पर्वत ९खप्तड० को फेदमा रहेको भन्ने उल्लेख भएको तर भारतमा खेचरादी पर्वत नभएको उपाध्यायको दाबी छ । मन्दिर संरक्षण र व्यवस्थापनका लागि विसं २०४४ सालमा वैद्यनाथ क्षेत्र विकास संस्था स्थापना भएको छ । संस्थाले मन्दिरको संरक्षण र विकास गर्दै आइरहेको अध्यक्ष नेत्र कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी कटान प्रमुख समस्या छ, यसका लागि तटबन्दन आवश्यक छ, हामीले पहल गरिरहेका छौँ ।”

साँफे हाट बजारबाट करीब तीन किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा महाशिवरात्रिका दिन धुमधामसँग मेला लाग्ने गर्दछ । उक्त मेलामा नेपालका साथसाथै भारतको उत्तराखण्ड, उत्तर प्रदेश, विहारलगायत क्षेत्रबाट भक्तजन आउने गरेको संस्थाका अध्यक्ष कुँवरले बताउनुभयो । उक्त मेलामा सशस्त्र प्रहरी बलले सलामी दिने प्रचलन रहेको छ ।

यस्तै माघे सङ्क्रान्तिका दिन पनि उक्त धाममा भव्य मेला लाग्ने गरेको छ । राष्ट्र शान्तिका लागि बटुकहरुले प्रत्येक बिहान दुई घण्टा रुद्राभिषेक गर्ने गरेको पुजारी उपाध्यायले जानकारी दिनुभयो ।

मन्दिरभित्रै विद्याश्रम

वैदिक सनातन जोगाउनका लागि विसं २०५५ मा मन्दिर परिषरभित्रै वेद विद्याश्रमको स्थापना गरिएको छ । कक्षा ६, ७ र ८ को पढाइ हुने उक्त विद्याश्रममा हाल ४३ विद्यार्थी रहेका छन् । विद्याश्रममा एक दरबन्दी र दुई राहत गरी तीन जना सरकारी शिक्षक रहेका छन् । यस्तै नेपाल महर्षि फाउण्डेशनले एक कर्मचारी र सशस्त्र प्रहरी बलले एकजना कर्मचारी विद्याश्रमलाई सहयोग गरेको छ । “यस विद्याश्रममा ४३ जना बटुक र हामी तीन जना बस्छौँ र यतै खाना खान्छौँ”, शिक्षक केशवराज भट्टले भन्नुभयो, “बटुकहरुको खानाका लागि मुख्य स्रोत ‘पीरपाथी’ नै हो । पहिले ‘पीर’ (पुजारी) हरुको भरणपोषणका लागि प्रत्येक बालीमा प्रत्येक घरबाट एक पाथी अन्न छुट्याउनुपर्ने व्यवस्था थियो । पीरका लागि नछुट्याएसम्म किसानले नयाँ बाली खानु हुँदैन भन्ने मान्यता रहेको थियो ।

सोहीअनुसार अहिले पनि स्थानीय पायल, लुङ्ग्रा र पर्वा गाउँहरुबाट पीरपाथी सङ्कलन हुन्छ । यसरी सङ्कलन भएको धान नै बटुकहरुको भोजनको मुख्य स्रोत भएको उपाध्यायले बताउनुभयो ।

त्यस्तै, महर्षि फाउन्डेशनले नित्य पूजाका लागि वार्षिक  छ लाख दिने गरेको र उक्त रकम पनि बटुकहरुको खाना, लुगामा खर्च गर्ने गरेको वैदनाथ धाम संस्थाले जनाएको छ । बटुकहरुको भोजनका लागि साफे नगरपालिका तथा वडा कार्यालयहरुले पनि सहयोग गर्ने गरेका छन् ।

वैद्यनाथ धाममा सङ्ग्रहालय

मन्दिर परिसरभित्रै वैद्यनाथ सङ्ग्रहालय पनि स्थापना गरिएको छ । विसं १८४८ मा जर्नेल अमरसिंह थापाको टोलीले आछाम विजय गरेका बेला प्रयोग गरेका हातहतियार उक्त सङ्ग्रहालयमा राखिएको छ । अछाम विजयपछि डोटीका लागि हिँडेको थापाको टोली हालको पूर्वीचौकी गाउँपालिका–५, काँडा पुगेपछि एकाएक आँखा नदेख्ने भएछ । फर्केर अछामतिर हेर्दा आँखा देख्ने तर डोटीतिर जान खोज्दा नदेख्ने भएपछि राति काँडामै बास बसेर द्वीप प्रज्ज्वलन गरी भगवतीको आराधना गरेर सुतेछन् । राति टोलीका एक सदस्यलाई भगवतीले सपनामा टोलीसँग भएका सम्पूर्ण हातहतियार वैद्यनाथ मन्दिरमा चढाएर जानु भनेपछि सोही अनुसार ३१ नाल बन्दुक र खुकुरीलगायत हतियारहरु वैद्यनाथलाई चढाएको साँफेवगर नगरपालिका–१ का वडाध्यक्ष अमरबहादुर शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुरातत्व विभागले पनि यो हतियार त्यतिबेलैको भएको पुष्टि गरेको छ, जो हामीले सुरक्षित राखेका छौँ ।” सङ्ग्रहालयमा पीर ९पुजारी० ले लाउने लुगा, पूजा गर्ने भाँडाहरु, गहना, शालिग्राम राखिएको छ । यसका साथसाथै अछामका महत्पूर्ण धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलका तस्बिरहरु पनि उक्त सङ्ग्रहालयमा राखिएको छ ।

नौमुठे गाई पनि मन्दिरभित्रै

अछाम जिल्ला नौमुठे गाईले प्रसिद्ध जिल्ला हो । अगाडिको खुट्टाको खुरबाट मुट्ठीले नाप्दै जाँदा जुरोसम्म नौ मुट्ठी उचाइमात्रै हुने भएकाले यस जातको गाईलाई नौमुठे गाई नामकरण गरिएको साँफे नगरपलिकाका स्थानीयवासी गोकुल शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “नौ मुठे गाई हेर्दा सुन्दर र दूध पनि बढी दिने भएकाले यसको संरक्षणका लागि वैद्यनाथ धाममा राखिएको छ ।” मन्दिर दर्शन गर्न आउने भक्तजनले नौमुठे गाईका बारेमा पनि जानकारी पाउन भन्ने उद्देश्यका साथ मन्दिरभित्रै नौमुठे गाई पाल्न शुरु गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com