ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फागुन २८ पछिका निर्णयबाट ‘ब्याक’ हुन सकिँदैन, नेपाल समूहका नेताहरूलाई कारबाही गर्न योग्य छ – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
चैत्र १३, २०७७ शुक्रबार  ६ : १९ बजे

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको फागुन २८ गतेपछिका संसदीय दलको बैठकले गरेका निर्णयबाट पछि हट्न नसकिने स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले फागुन २८ गतेपछि संसदीय दलको बैठकले गरेका निर्णयबाट पछि हट्न नसकिने बताउनुभएको हो ।
यस्तै उहाँले संशोधनसहित पारित भएको पार्टीको विधानलाई फेरि तलमाथि गर्न सकिने अवस्था नरहेको बताउनुभएको छ । आवश्यक पर्‍यो भने समयक्रम अनुसार संशोधन गर्न सकिने तर अहिले नै तलमाथि गरेर जान नसकिने उहाँको भनाइ थियो ।

यस्तै प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष ओलीले गुटगत रूपमा प्रस्तुत हुने कुनै पनि समूहसँग ‘डिलिङ’ नहुने बताउनुभएको छ । व्यक्तिगत रूपमा आएका सबैको आलोचना र गुनासा सुन्न आफू तयार रहेको भन्दै उहाँले समूहगत रूपमा अघि बढ्नेसँग आफूले छलफल नगर्ने बताउनुभएको हो ।

नेकपा एमाले बिउँतिएपछि संसदीय दलको बैठकमा पहिलो पटक सहभागी भएका खनाल–नेपाल समूहका नेताहरू योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्टलगायत सांसदहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आग्रह गर्नुभएको तर प्रधानमन्त्री ओलीले समूहगत रूपमा कसैसँग पनि छलफल नगर्ने स्पष्ट पार्नुभएको नेकपा एमालेका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिनुभयो ।

प्रमुख सचेतक भट्टराईका अनुसार शुक्रवारको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आउँदो वर्षको बजेट निर्माणमा आवश्यक सुझावसमेत माग्नुभएको थियो ।

यस्तै शुक्रवारको बैठकमा खनाल–नेपाल समूहले उपलब्ध गराएको स्पष्टीकरणबारे पनि छलफल भएको प्रमुख सचेतक भट्टराईले बताउनुभयो । उहाँहरूको स्पष्टीकरण प्राप्त भएको र त्यस आधारमा नेपाल समूहका नेताहरूलाई कारबाही गर्न योग्य बनाएको प्रधानमन्त्री ओलीले बताउनुभएको प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com