काठमाडौं, १३ चैत्र । केही दिनयता नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा १५६ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा निको हुनेको संख्या भने ७० रहेको छ। यस्तै ४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा २ लाख ७६ हजार ६६५ जनामा संक्रमण पुष्टि भएको छ भने २ लाख ७२ हजार ३४२ जना निको भएका छन् । २४ घण्टामा ४ हजार ४१६ जनाको पीसीआर परीक्षण भएको थियो । कोरोना संक्रमणका कारण ३ हजार २४ जनाको मृत्यु भएको छ । अहिले १२ सय ९९ जना आइसोलेसनमा छन् । यस्तै कोरोनाको शंकामा ५२ जनालाई क्वारेन्टिनमा राखिएको छ ।








प्रतिक्रिया दिनुहोस्