ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको आकासमा प्रदुषण फैलिदाँ हवाई उडान बन्द :


एबीसी / संवाददाता
चैत्र १३, २०७७ शुक्रबार  ४ : ३४ बजे

काठमाडौं, १३ चैत्र । काठमाडौं उपत्यकाको आकास फैलिएको प्रदुषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पुर्ण उडान बन्द भएको छ ।

काठमाण्डौ उपत्यकामा हावाको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिनेमा अहिले काठमाण्डौका भक्तपुर, कीर्तिपुर, भैँसेपाटीलगायतका ठाउँमा भएका प्रदूषण मापन केन्द्रहरूले एक्यूआई दुई सयभन्दा बढी देखाएका छन् ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हावाको प्रदूषण बढेको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले जानकारी दिनुभयो । अहिले सिमराको एक्यूआई दुई सय ६० पुगेको छ । प्रि–मनसुनको समयमा औसतभन्दा निकै कम पानी पर्नु तथा डढेलो र औद्योगिक गतिविधिका कारण वायु प्रदूषण बढेको प्रवक्ता जोशीले बताउनुभयो ।

उहाँका अनुसार केही दिनयता काठमाण्डौ, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनगर, सिमरा, जनकपुर, धनगढीलगायतका ठाउँमा हावाको प्रदूषण बढेको छ ।

शुक्रवार उपत्यकामा बाक्लो तुवाँलो पनि देखिएकोले समस्या थपिएको भन्दै जोशीले सकभर घरबाट बाहिर ननिस्कन आग्रह गर्नुभयो । शनिवार (भोली) र आइतवार (पर्सी) सार्वजनिक बिदा रहेकाले वायु प्रदूषण केही घट्ने अपेक्षा गरेको र पर्सीसम्म नघटेमा वायु प्रदूषणबारेको चेतावनीसहित विज्ञप्ति निकाल्ने उहाँले बताउनुभयो । तत्काल वायुमा रहेको धुलोको कण सफा गर्ने गरी पानी पर्ने वा त्यसलाई बढार्ने गरी हावा नचले समस्या अझै बढ्ने जोशीको भनाइ छ ।

यद्यपि तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । तराईसहित विभिन्न ठाउँका जङ्गलमा लागेको डढेलोको धुवाँ हावामा मिसिँदा वायु प्रदूषण बढेको उहाँले बताउनुभयो । काठमाण्डौ कचौरा आकारको भएकाले हावा बाहिर बहने ठाउँ नभएकाले धुम्मिएको उहाँको भनाइ छ ।

यसैबीच काठमाण्डौको आकाशमा तुवाँलो लागेर भिजिविलिटी कम भएपछि हवाई उडान प्रभावित भएको छ । भिजिविलिटी कम भएपछि आन्तरिक र बाह्य दुवैतर्फको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले काठमाण्डौको आकाशको भिजिविलिटी १ हजार मिटर रहेको छ । १५ सय मिटरभन्दा कम भिजिविलिटी भएमा हवाई उडान प्रभावित हुन्छ । कतिपय विमान आकाशमै होल्ड भएका छन् । मौसम सुध्रने अवस्था नभएपछि कतिपय जहाज डाइभर्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com