ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिम नाकामा भारत फर्कनेको लर्को, घर फर्किने ११ जनालाई सङ्क्रमण


एबीसी / संवाददाता

डोटी,  १३ चैत ।  पछिल्लो समय कामका लागि भारत गएकाहरु धमाधम फर्किन थालेका छन् । सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि भारत पसेका घर फर्किन थालेका हुन् । यस्तै, भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि पनि त्रासले केही घर फर्किन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका अनुसार पाँच दिनको अवधिमा भारतबाट आएकामध्ये ११ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । कोरोनाका कारण रोजगारी छोडेर आउनेहरु सिधै गाउँ पस्न थालेका कारण फेरि कोरोनाको जोखिम बढेको छ ।

सुदूरपश्चिम प्रदेशका सीमानाकाहरु कञ्चनपुरको गड्डाचौँकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । भारतबाट फर्किनेलाई अनिवार्य क्वरेण्टीनमा बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै पालिकामा क्वरेण्टीन बनाउन तयारी थालेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो । सिमानाकामा घर फर्किनेको लर्को लागेकाले सावधानी अपाउनुका साथै, स्वास्थ्य जाँचमा पनि ध्यान दिएको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कञ्चनपुरको त्रिनगर र गड्डाचौकी नाकाबाट मात्रै दैनिक एक हजारभन्दा धेरै नेपाली फर्किने गरेका छन्।

प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यी दुई नाकाबाट पछिल्लो दश दिनमा आठ हजारभन्दा धेरै नेपाली भित्रिएका छन् । भारतबाट फर्किका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले भारतसँग सिमा जोडिएका चार जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेको जनाएको छ । तर,भारतबाट स्वदेश फर्किने धेरैको सीमानाकामा स्वास्थ्य परीक्षण हुन नसकेको भारतबाट घर फर्किएका डोटीका दीर्घबहादुर कामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिमानाकामा हेल्थ डेस्क स्थापना भएको छ तर खासै त्यहाँ स्वास्थ्य जाँच गरिदैन सामान्य ज्वरो मापन गरेर घर पठाउन थालेका छन्, कोरोना जाँच सम्बन्धी कुनै परिक्षण नहुँदा समस्या भएको छ ।”

भारतबाट फर्किनेहरूको परीक्षण गर्न सम्बन्धित पालिकालार्ई एन्टिजेन पठाइएको प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com