ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना महामारीको दोस्रो र तेस्रो लहर सुरु : कुन देशको अवस्था कस्तो , भारतले खोप निर्यात रोक्यो ?


एबीसी / संवाददाता

काठमाडौं, १२ चैत । अमेरिका, ब्राजिल, भारत, टर्की, इटली, जर्मनी, पोल्याण्डलगायत देशहरुमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । यी देशहरुमा कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाविरुद्धको खोप लगाउन सुरु भए पनि यी देशहरुमा भने कोरोना सङ्क्रमणको दर उच्च भएको हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सङ्क्रमित थपिएका छन् । ब्राजिलमा पछिल्लो २४ घण्टामा ८२ हजार ८१८ जना सङ्क्रमित थपिएका छन् । योसँगै ब्राजिलमा सङ्क्रमितको सङ्ख्या १ करोड २२ लाख १९ हजारभन्दा धेरैे भएको छ । यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै एक हजार ८ सय ३२ जनाको ज्यान गएको छ । योसँगै ब्राजिलमा ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख ६ सय ७५ भन्दा धेरै भएको छ ।

यस्तै कोरोनाले सबैभन्दा धेरै प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा ६४ हजार १ सय ४१ जना सङ्क्रमित थपिएका छन् । योसँगै अमेरिकामा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड ७ लाखभन्दा धेरै भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय ८६ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको कुल सङ्ख्या ५ लाख ५८ हजार २ सय ३ पुगेको छ ।

यस्तै छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ५३ हजार ४ सय १९ भन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड १७ लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा २४९ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६० हजार ६ सय नाघेको छ । सन् २०२१ पछि भारतमा सङ्क्रमण बढ्दै गएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा टर्कीमा २९ हजार ७ सयभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने १४६ जनाको ज्यान गएको छ । टर्कीमा अहिलेसम्म ३० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् भने ३० हजार ४ सयभन्दा धेरैे व्यक्तिको ज्यान गएको छ ।

यस्तै पोल्याण्डमा पनि कोरोना सङ्क्रमित अस्वाभाविक रुपमा बढिरहेको छ । पोल्याण्डमा पछिल्लो २४ घण्टामा झण्डै ३० हजार सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २१ लाख २० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा पोल्याण्डमा ५७५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५० हजार ३ सय ४० नाघेको छ ।

यस्तै इटलीमा पछिल्लो २४ घण्टामा २१ हजार २ सयभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । ज्यान गुमाउनेको सङ्ख्या ४६० जना थपिएसँगै १ लाख ६ हजार नाघेको छ ।

भारतले खोप निर्यात रोक्यो

अस्वाभाविक रुपमा सङ्क्रमण फैलिरहेको भारतमा कोरोनाविरुद्धको खोप अभाव हुने आँकलनसहित भारतले तत्कालका लागि कोरोनाविरुद्धको कोभिसिल्ड खोप निर्यातमा रोक लगाएको छ । त्यहाँको विदेश मन्त्रालयकाअनुसार कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले आफ्नै देशभित्र माग बढ्ने भन्दै खोप निर्यातमा रोक लगाइएको हो ।

सरकारी अधिकारीहरुले यसलाई समयअनुसारको निर्णय भनेर प्रतिक्रिया दिएका छन् । भारतले खोप निर्यातमा रोक लगाएसँगै विश्वमा नै खोप वितरणमा समस्या पर्ने देखिएको छ । कोभ्याक्समार्फत गरिब तथा विपन्न देशमा पुर्याइने खोप अभियान प्रभावित हुने छन् ।

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा भइरहेको कोभ्याक्स योजनाले सबै देशमा खोपको सुनिश्चितता गर्ने उदेश्य राखेको छ । तर, खोप निर्यातमा रोक लागेसँगै कोभ्याक्सको योजनामा परेका १९० देशमा खोप पुर्याउन कठिनाइ हुनेछ । भारतले अहिलेसम्म ७६ देशमा झण्डै ६ करोड डोज खोप पठाएको छ ।

ताजा जानकारीको लागि

https://www.worldometers.info/coronavirus/

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com