ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढाकामा गुञ्जियो ‘नेपाली हामी रहौँला कहाँ…………………..


एबीसी / संवाददाता
चैत्र १०, २०७७ मंगलबार  १० : १४ बजे

काठमाडौं, १० चैत्र ।  दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदलगायत विशिष्ट व्यक्तिहरू सहभागी समारोहमा नेपाली कलाकारले आफ्नो बेजोड प्रस्तुति दिने अवसर पाएका छन् ।

‘असारे महिनामा…..’, ‘साँघुरी वारी…’, ‘साउने खोला… ’, ‘लेकाली हो हो… ’, ‘शिर शाय हेगु… ।’, ‘झम्के फुली …’, ‘एही ठहिया …’, ‘नेपाली हामी रहौँला …’, बोलका गीतका साथै बाँसुरी बादन र अन्य सांस्कृतिक नेपाली तथा बगलादेशी नृत्यहरूको प्रस्तुतिले अन्य सहभागीलाई पनि आकर्षित गरेको थियो । सोमबार साँझ झण्डै दुई घन्टासम्म अविछिन्न रुपमा गरिएको साङ्गीतिक प्रस्तुतिको लहरले अत्याधुनिक हलसहितको ढाकास्थितको ‘नेशनल परेड स्क्वायर’ को सभाकक्षा गुञ्जयमान भएको थियो ।

बङ्गलादेशी राष्ट्रपति हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आइपुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बंगबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्नुभएको थियो । सम्बोधनपछि उक्त सांस्कृतिक कार्यक्रम गरिएको थियो, जसलाई राष्ट्रपतिद्वयसँगै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि रसास्वादन गर्नुभएको थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार भ्रमणका अवसरमा बङ्गलादेशी पक्षबाटै नेपाली कलाकारहरूको प्रस्तुति गराउन प्रस्ताव आएअनुसार तय गरिएको बताउनुभयो । सामान्यतः यस्ता प्रस्तुतिका लागि स्वदेशबाटै भ्रमण दलमा सहभागी गराएर कलाकारहरू लाने चलन धेरै छैन । यस पटकको भ्रमणका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती पनि विशिष्ट सदस्यका रुपमा भ्रमण दलमा सहभागी हुनुहुन्थ्यो । दुई देशबीचको उच्चस्तरीय भेटवार्तापछि सांस्कृतिक आदानप्रदानबारे समझदारीपत्रमा हस्ताक्षर पनि हुनुले दुई देशबीचको कला र संस्कृतिको आदान प्रदानको महत्व बढ्दो रहेको मान्न सकिन्छ ।

भ्रमणका लागि नेपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको नेतृत्वमा १९ सदस्यीय कलाकार टोली सम्मिलित भएको थियो । टोलीले राष्ट्रपति भवन शीतल निवासमा पूर्वाभ्यास गरी प्रस्तुति तय गरेको थियो । टोलीमा नृत्य निर्देशन शारदादेवी सिलवाल, बाँसुरी बादनमा दुर्गाप्रसाद खतिवडाले गर्नुभएको थियो । महाप्रबन्धक राईले आफ्नो तर्फबाट मेहनत गरी प्रस्तुति गरिएको र अपेक्षाकृतरुपमा राम्रो भएको बताउनुभयो । टोली सहभागी नृत्यकार सनम खड्गीले आफूले यस प्रकारको मञ्च र राजकीय भ्रमणमा पहिलो पटक प्रस्तुति दिन पाउँदा खुशी व्यक्त गर्नुभयो ।

सो अवसरमा भ्रमण दलमा सहभागी राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवाली, राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीलगायतले उक्त सांस्कृतिक प्रस्तुति रुचिपूर्वक हेर्नुभएको थियो । भ्रमण दलमा १९ कलाकारसहित नेपाली दूतावासका समेत गरी ५४ जना सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com