ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीजीले गणतन्त्रको नायक मै हो भन्‍न थाल्नु भएको छ: नेता पाण्डे


एबीसी / संवाददाता
चैत्र १०, २०७७ मंगलबार  ४ : ११ बजे

काठमाडौँ, १० चैत्र । नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्ने केपी शर्मा ओलीले अहिले गणतन्त्रको नायक मै हो भन्न थालेको बताउनुभयो । मंगलबार काठमाडौंमा आयोजित एमालेको खनाल–नेपाल पक्षधर अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले गणतन्त्र प्राप्तिको लडाइँमा ओलीको विचारले हारेको तर अहिले त्यसको नायक आफै भएको दाबी गर्न थालेको बताउनुभएको हो । ‘जतिखेर राजाले ०६२र६३ को आन्दोलनपूर्व नेताहरुलाई थुनेर, लोकतन्त्रमाथि घाँटी निमोठेर फेरि एकलौटी शासनको कुचेष्टा गरिरहेका थिए, यो अनेरास्ववियू झण्डा बोकेर सडकमा उत्रेको थियो । त्यसबेला यस पार्टीका अध्यक्षले बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन भन्नु भएको थियो,’ पाण्डेले भन्नुभयो, ‘त्यतिबेला ओलीजीले लिएको विचारले हार्‍यो । ओलीजी अब त गणतन्त्रको नायक मै हो भन्न थाल्नु भएको छ । तर, आफ्ना कमजोरीलाई देखिरहनु भएको छैन ।’

विद्यार्थीले पढ्न हुँदैन भन्ने मान्छे देशको प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले एक कार्यक्रममा विद्यार्थी पढ्ने जमात हैन भनेको भन्ने प्रसंग निकाल्दै पाण्डेले भन्नुभयो , ‘पार्टीका अध्यक्ष ओलीजीले एउटा कार्यक्रममा भन्नु भएको थियो, विद्यार्थी पढ्ने जमात हैन । बुद्धले पढेका थिए ? भनेर उदाहरण दिनु भएको थियो । यस्तो व्यक्ति हाम्रो पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री हुनु दुर्भाग्यपूर्ण कुरा हो । जसले विद्यार्थीलाई पढ्न हुँदैन भन्छ । र, नपढ्ने कुराको शिक्षा दिन्छ । त्यस्तो मान्छे अरु देशमा भए राजनीतिबाटै सन्‍न्यास लिएर जानुपर्ने स्थिति आउँथ्यो । तर दुस्खद् कुरा हामीले यस्ता नेता बेहोर्‍यौँ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com