ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले एकतर्फी बाँध बनाउँदा नबोल्ने सरकारले कसको सेवा गरेको छ ?


एबीसी / संवाददाता

काठमाडौं, १० चैत्र  ।  नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भारतले दार्चुलाको सदरमुकाम खलङ्गाको पारिपट्टी महाकाली नदीमा एकतर्फी बाँध बनाइरहे पनि सरकार बेखबर रहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा सांसद बडुले भारतले बनाएको बाँधका कारण हजारौँ नेपालीको जीवन जोखिममा परेको र दार्चुलासहितका ठाउँ खतरामा रहेको बताउनुभयो । ‘भारतले यति ठूलो बाँध बनाउँदा सरकार बेखबर छ, आफ्नै देशका नागरिक खतरामा पर्ने गरी काम भइरहँदा पनि नबोल्ने सरकारले कसको सेवा गरेको छ ?’, बडुले प्रश्न गर्नुभयो ।

उहाँले सरकारले राष्ट्रवादका ठूला कुरा गर्ने तर भारतले बनाएको एकतर्फी बाँध रोक्न कुरासमेत नगरेको बताउनुभयो । पहिले पनि भारतले धौलीगङ्गा बाँध बनाउँदा नेपालले बोल्न नसेकेको र अहिले धौलीगङ्गा बाँधका कारण बर्सेनि नेपालीले ज्यान गुमाएको बडुले स्मरण गराउनुभएको छ ।

‘महाकालीको बाँधबारे सरकारले बेखबर रहेको लाजमर्दो जवाफ दिएको छ । भारतले बनाउँदै गरेको बाँधका कारण ठूलो क्षेत्र सखाप हुँदैछ’, बडुले भन्नुभयो ।

तटबन्ध निर्माणले त्यस क्षेत्रका नेपालका अत्यन्तै उर्बर जमिन डुबानमा पर्ने जनाउँदै नेता बडुले नेपालको जमिन र सार्वभौमसत्तासँग जोडिएका विषयमा आजसम्म मन्त्रिपरिषदमा कुरा नउठेको र किन सरकार मौन रहेको भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले आफ्नो भूमि जोगाउन भारतले बनाउँदै गरेको बाँधको निर्माण तत्काल रोक्नुपर्छ, दुवै देशबीच विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्छ । प्रजिअ यस सम्बन्धमा सरकारको आदेश पर्खिरहेको छ ।’ देशको सार्वभौमसत्ता र अखण्डतासँग जोडिएको यस विषयमा उठाइएको प्रश्नको जवाफ प्रतिनिधि सभाको अर्को बैठकमा आओस् भनी उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com