ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आत्मनिर्भरता बन्दै सुदुरपश्चिमका महिला


admin

कञ्चनपुर, ५ पुस । बेलडाँडी गाउँपालिका–१ का महिला आत्मनिर्भर हुन थालेका छन् ।

घर खर्चका लागि श्रीमान्कै मुख ताक्ने महिला सृजनशील बचत तथा ऋण सहकारी संस्था झलारीले सञ्चालन गरेको लघु वित्त कार्यक्रममा आबद्ध भई बचत गर्न थालेका छन् । उनीहरु व्यावसायिक कृषि, पशुपालन, बैदेशिक रोजगार, लघु उद्यम, साना उद्योग, हस्तकलाका सामग्री निर्माण र व्यापार व्यवसायमा संलग्न हुन थालेका छन् ।

महिला विभिन्न समूहमा आबद्ध भई रकम बचत गरी सोही रकम ऋणका रुपमा परिचालन गरी आम्दानी गर्न थालेका छन् । सिद्धनाथ समूहमा आबद्ध सकुन्तला साउद लघुवित्त कार्यक्रममार्फत गठन भएको समूहले ऋण दिन थालेकाले घरमै बसी बसी आम्दानी गर्न सहज भएको बताउनुहुन्छ ।

सरस्वती साउदले ऋण निकालेर श्रीमान्लाई वैदेशिक रोजगारमा पठाउनुभएको छ । समूहबाट रु ७० हजार र आफूसँग रहेको रु २० रकम खर्चेर श्रीमान्लाई विदेश पठाएको उहाँले बताउनुभयो । उहाँले वैदेशिक रोजगारबाट कमाएको पैसा किस्ताका रुपमा समूहमा जम्मा गर्दैआउनुभएको छ ।

बेलडाँडी गाउँपालिका– ४ का आरती केसीले समूहबाट रकम निकाली छोराका लागि कुखुरा फार्म सञ्चालन गर्नुभएको छ । सोही गाउँपालिका–२ चन्दबस्तीकी जैमती पाण्डेयले बचत गर्दै आएको समूहबाट रु एक लाख ऋण झिकेर खाजा पसल सञ्चालन गर्नुभएको छ । घरमै बसी बसी आम्दानी हुन थालेपछि महिलाको दैनिकी फेरिएको छ ।

समूहमा बचत गर्दै आएका महिलामध्ये धेरैले शैक्षिक कर्जासमेत लिएका छन् । समूहबाट ऋण लिएर भैँसी खरिद गरेका महिलाले नजिकैको चवन्नी बजारमा दैनिक दूध बेचेर आम्दानी लिँदै आएका छन् । लघु वित्त कार्यक्रम सञ्चालन गर्दै आएको सहकारी संस्थाका कार्यकारी प्रमुख मदन भट्टका अनुसार सहकारीले दैजी, बेलडाँडी, बेलौरी र वाणीमा शाखा कार्यालय सञ्चालन गरी लघु वित्त कार्यक्रमअन्तर्गत २०२ केन्द्रमा ८७८ वटा विपन्न समुदाय र आर्थिक रुपमा पछाडि परेका महिलाका समूह गठन गरिएकमाके छ । गठित समूहमा तीन हजार ५१३ महिला आबद्ध छन् ।

समूहमा आबद्धमध्ये एक हजार ६५२ महिलाले समूहबाट ऋण निकाली आयआर्जका कार्यक्रम सञ्चलन गरेका छन् । रु १० करोड १४ लाख ६८ हजार रकम लगानी गरिएको भट्टले बताउनुभयो । व्यवसायको प्रकृतिका आधारमा समूहमा आबद्ध महिलालाई रु ५० हजारदेखि रु एक लाखसम्म ऋण उपलब्ध गराइँदै आएको छ । समूहमा आबद्ध महिलाले रु एक करोड १९ लाख ६३ हजार ३४० रकम बचत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com