ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाइडेन सत्तामा आएपछि पहिलोपटक अमेरिका र चीनबिच वार्ता : वार्तामा दुईदेशवीच गम्भीर आरोप–प्रत्यारोप


एबीसी / संवाददाता

अमेरिका र चीनका उच्च अधिकारीबिच भएको वार्तामा उनीहरुले एकअर्काको तीव्र आलोचना गरेका छन् । जो बाइडेन सत्तामा आएपछि पहिलोपटक अमेरिका र चीनबिच वार्ता भएको हो ।अलास्कामा भएको वार्तामा अमेरिका र चीनले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका हुन् । चिनियाँ अधिकारीलेहरुले अमेरिकाले विभिन्न देशहरुलाई चीनमाथि ‘आक्रमण’ गर्न उक्साएको आरोप लगाए । यस्तै अमेरिकाले चीन पनि सोही रुपमा प्रस्तुत भएको आरोप लगायो ।अमेरिका र चीनबिचको सम्बन्ध अहिले तनावपूर्ण अवस्थामा छ ।

अलास्कामा भएको वार्तामा अमेरिकाले युगुर मुस्लिममाथि भइरहेको ज्यादतीसहितका विषय उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।आरोप–प्रत्यारोपूर्ण वार्तामा अमेरिकाका तर्फबाट विदेश मन्त्री एन्टोनी ब्लिङ्कन र राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानसहितका अधिकारी सहभागी थिए । यस्तै चीनको तर्फबाट शीर्ष परराष्ट्र नीति अधिकारी याङ्ग जिएची र विदेश मन्त्री वाङ्ग यी सहभागी रहे ।वार्ता तनावपूर्ण भएको खबर आइरहेका बेला अमेरिकी अधिकारीले बन्द कोठामा भएको झण्डै दुई घण्टासम्म भएको वार्ता बस्तुपरक, गम्भीर र निकास उन्मुख रहेको दाबी गरेका छन् ।गोप्य वार्ता पहिले अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले चीनले शिन्जियाङ्ग, हङकङ तथा ताइवानमा गरिरहेको व्यवहार, अमेरिकामा गरिरहेको साइबर आक्रमण तथा आर्थिक रुपमा भइरहेको बल प्रयोगमा चासो रहेको बताएका थिए । यसले विश्व समुदायलाई नै गम्भीर चेतावनी दिएको उनले भनेका थिए ।

जवाफमा चिनियाँ प्रतिनिधि याङ्गले अमेरिकाले आफ्नो सैन्य तथा आर्थिक शक्ति अरु देशहरुलाई दबाउन प्रयोग गरेको आरोप लगाए । अमेरिकामा मानवअधिकारको अवस्था अति नै न्यून अवस्थामा रहेको र अश्वेतमाथि निकृष्ठ व्यवहार भएको उनले आरोप लगाए । त्यसपछि राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले अमेरिका कहिल्यै पनि चीनसँग तनावको अवस्था सिर्जना होस् भन्ने पक्षमा नरहेको तर आफ्ना नागरिक र साथीहरुका लागि भने अडिग भएर लाग्ने बताए । सञ्चारमाध्यमकै सामुन्ने एक घण्टा भन्दा बढि अमेरिका र चीनका अधिकारीबिच आरोप–प्रत्यारोप भएको हो । त्यसपछि बन्द कोठामा भएको वार्ता सकारात्मक रहेको दाबी गरिएको छ । अमेरिका र चीनका अधिकारीबिच गएको जुन यता पहिलोपटक उच्च तहको वार्ता भएको हो ।डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिका र चीनबिचको सम्बन्ध सबैभन्दा खराब अवस्थामा पुगेको हो । बाइडेन प्रशासन सम्बन्ध सुधारका लागि प्रयासरत रहे पनि अवस्था थप नाजुक बन्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com